काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता संस्था नेपाल चलचित्र द्वन्द्व कलाकार संघको शनिबार सम्पन्न पाँचांै वार्षिक साधारण सभा तथा अधिवेशनबाट नारायण प्रधानको नेतृत्वमा नयाँ कार्यसमित चयन भएको छ । नयाँ कार्यसमितिले कार्यकाल अबको दुई वर्ष रहनेछ ।
संघको अध्यक्षमा सर्वसम्मतबाट नारायण प्रधान चयन भएका छन् । उनी नेपाल ब्याम मन्दिरका अध्यक्षसमेत हुन् । यस संघको प्रथम उपाध्यक्षमा रेवन्तविक्रम थापा, द्वितीय उपाध्यक्षमा रोशन गुरुङ, महासचिवमा पुण्यप्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध रूपमा चयन भएका छन् ।
यस्तै, यस संघको केन्द्रीय सदस्यमा रवीन्द्र खड्का, दिलिप श्रेष्ठ, लक्ष्मीकुमारी दाहाल (किरण), सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा चयन भएका छन् । चलचित्रमा द्वन्द्व कलाकारको हक अधिकारीका लागि आफू निरन्तर लागिपर्ने अध्यक्ष प्रधानले बताएका छन् ।