एफए कपः लिभरपुल पराजित

लन्डन । लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका मोहोमद सलाहले २ गोल गरेका थिए भने म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरेका थिए । जितसँगै म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेड विरुद्धको पाँचो चरणको भिडन्त तय ग-यो ।

एफए कपकै अर्को खेलमा चेल्सीले लुटन टाउनलाई ३–१ ले हराउँदा लेष्टर सिटीले ब्रेन्टफोर्डमाथि ३–१ कै जित निकाल्यो । यसैगरी सेफिल्ड वेनस्डेलाई ३–० ले हराउँदै एभर्टन तथा फुल्हमलाई ३–० ले हराउँदै बर्न्ले पनि एफए कपको अघिल्लो चरणमा प्रवेश गरेका छन् ।