पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा कटौती गरिँदै

काठमाडाैं ।  सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थले ठूलो संख्यामा सुरक्षाकर्मी राखेर दुरुपयोग गरेको पाइएपछि ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गर्ने गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदै पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थकहाँ राखिएका अनावश्यक सुरक्षाकर्मी हटाउन निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्ले केही दिनअघि मात्रै विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो । सो मापदण्डमा पूर्वउच्च पदस्थलाई यसअघि दिइएको सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरिएको छ । गृह मन्त्रालयका अनुसार हाल केही पूर्वप्रधानमन्त्रीहरूले झन्डै ७० जनासम्म सुरक्षाकर्मी राख्दै आएका छन् । मन्त्रालयका एक अधिकारीका अनुसार नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका लागि झन्डै ७० जना सुरक्षाकर्मी खटिँदै आएका छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईकहाँ पनि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ रहँदै आएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी पूर्वगृहमन्त्री र अन्य केही मन्त्रीहरूले पनि मापदण्डले तोकेभन्दा धेरै संख्यामा सुरक्षाकर्मी राख्दै आइरहेका छन् । गृह मन्त्रालयले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार अब पूर्वप्रधानमन्त्रीले बढीमा १६ जनासम्म सुरक्षाकर्मी राख्न पाउनेछन् । सोअनुसार अब नेकपा अध्यक्ष दाहालकहाँ राखिएका झन्डै ७० सुरक्षाकर्मीमध्ये १६ जना कायम राखी अन्य सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरिएको छ । यसैगरी अन्य पूर्वप्रधानमन्त्रीकहाँ राखिएका सुरक्षाकर्मी पनि कटौतीमा पर्ने भएको छ । पूर्वविशिष्ट अधिकारीले सुरक्षाको बहानामा ठूलो संख्यामा सुरक्षाकर्मी राखेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै आइरहेको गृह मन्त्रालयका अधिकारीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री तथा सांसदहरूमध्ये केहीले सुरक्षाका नाममा राखेका सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा काम लगाउँदै आइरहेका छन् । तत्कालीन माओवादी जनयुद्धको समयमा सुरक्षा थ्रेटको विश्लेषण गर्दै पूर्वप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री तथा सांसदलाई समेत सुरक्षाकर्मी उपलब्ध गराउने नियम बनाइएको थियो तर अहिले मुलुक शान्ति प्रक्रियामा अघि बढिसकेको र सुरक्षा थ्रेट नहुँदासम्म पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक रूपमा ठुलो संख्यामा सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आइरहेका हुन् । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले यसअघि अनावश्यक सुरक्षाकर्मी नराख्न सम्बन्धित व्यक्तिलाई आग्रह गर्दै आइरहेको भए पनि उनीहरूले अटेरी गर्दै आइरहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी