Wednesday, June 23, 2021
Home कला गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

,

पोखरा । यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगा-यो दिमाख
नरोऊ मायालु…
(गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक)
गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।
पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो । विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत हुनुुहुन्थ्यो । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउनु भएको थियो । उहाँ “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्नुहुन्थ्यो । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो ।

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँकतैबाट नभएकाले उहाँको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो । एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहनुभएको छ । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् ।
सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर

(कृष्ण थापा, सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य)
पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो । तत्कालीन समयमा म पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उहाँ सारङ्गी र मादलका सम्राट् नै हुनुहुन्थ्यो । गन्धर्व समाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो । एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ ।
मैले तत्कालीन समयमा मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र जनकविकेशरी धर्मराज थापा अनि पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो । लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गर्नुभएको थियो । उहाँको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ ।

तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी
धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य तीनै कुरामा पोख्त हुनुहुन्थ्यो । उहाँको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उहाँले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गर्नुभयो । यो उहाँको निकै महत्पूर्ण योगदान हो । उहाँले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो । विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उहाँले सहयोग गर्नुभयोे । पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उहाँको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ ।

हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका
बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु-याएको छ । उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो । उहाँ पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो । उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु-याएको योगदान निकै महत्वपूर्ण छ ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

साताका लोकप्रिय समाचार

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ...

२२९७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

कविता राईकाे ‘देशको नक्शा’लाई ५० हजार पुरस्कार

  काठमाडाैं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छिन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली पूर्वी जिल्लाहरुको भ्रमणमा

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला र घुन्सा जाँदैछन् । प्रधानमन्त्री ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षणका साथै घुन्सा...

खेतबारीमा व्यस्त अभिनेता आर्यन

काठमाडौं । मुलुकमा जारी लकडाउनका कारण सबै जना अहिले घरमै छन् । जसका कारण नेपाली चलचित्रका कलाकारहरू पनि घरमै छन् । घरमा रहेको बेला...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । आज बिहीबार दिउँसो १२ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा कालजयी गीतका रचनाकार थापाको उपचारका क्रममा...

नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा...

थ्री स्टार बाग्मती गोल्डकप च्याम्पियन

काठमाडौं । ललितपुरको रुस्लान थ्री स्टार क्लब चौथो बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

विदेशी खेलाडीलाई राहत

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका...

बागलुङमा कोरोना सपथः ‘मलाई कोरोना लागे पनि अरुलाई सार्दिन’

बागलुङ । कोरोना संक्रमण रोकथामको लागि हरेक नागरिकलाई आफ्नो जिम्मेवारी बोध गराउन बागलुङमा ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ विषयमा नागरिकलाई सपथ ग्रहण गराउन थालिएको छ...

यातायातका कर्मचारीसंग मिलेर यात्रु सताउने विचौलिया पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका– १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट चार जना पक्राउ परेका छन् । सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

कोरोना नियन्त्रणमा सरकार असफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियान्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । झन्डै सात महिनेमा सरकार चुकेको भन्दै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)