Tuesday, March 9, 2021
Home प्रदेश प्रदेश ४ नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

गण्डकी । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् । नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए ।

मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उनले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाए । उनका अनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ । खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो । आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वर्षको बडादशैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजाआजा गर्ने गरिएको छ । नबोल्ने बालबालिकालाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल बताउँछन् । ‘बोली फुट्न नसकेका बालबालिकाको बोली आउने जनविश्वाससँगै ठाउँ ठाउँबाट बालबच्चा लिएर आउने गरेको यस तीर्थस्थलको खासै प्रचार भने हुन सकेको छैन’, उनले भने । यस्ता तीर्थस्थलको प्रचारप्रसार सँगै समग्र भावरलगायत क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई पनि उजागर गर्न सकिने उनको तर्क छ । मोटरेवल पुलको अभावमा लाटी बाराही तीर्थस्थलसहित यहाँको उब्जाउयोग्य भावर, वैद्यपानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँट विकासमा पछि परेको नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि चूडामणि खनालले बताए ।

पाँच वर्षयता क्याङ्दी फाँटलाई जोड्ने गरी शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण गर्न लागिए पनि काम कछुवाको गतिमा भइरहेको उनले बताए । खनालका अनुसार फराकिला समथर फाँटका कारण व्यावसायिक कृषिको प्रचूर सम्भावना भएर पनि पुलकै अभावमा यहाँका हरेक सम्भावना खेर गइरहेका छन् ।

लाटी बाराही मन्दिरको महत्वका साथै प्राचीनकालमा वैद्यले यहीँको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको स्थानीयवासी बताउँछन् । माछापालनसहित तरकारी तथा फलफूलखेतीका धेरै सम्भावना रहेर पनि पुलको अभावमा यहाँका कृषिजन्य उत्पादनले सहजरुपमा बजार पाउन नसकेको उनीहरूको गुनासो छ ।

शुरुमा यस क्षेत्रमा बस्ती विकास नहुँदा अरौँदी नामका जोगीले भट्टी सञ्चालन गरेका र उनैका नामबाट यो ठाउँलाई अरौँदीभट्टीका रुपमा लिने गरिएको पाइन्छ । निर्माणाधीन पुल सम्पन्न गर्दै यस क्षेत्रमा बजारीकरण, कृषिको व्यवसायीकरणका साथै पर्यटकीय रुपमा महत्वपूर्ण यहाँका सिद्ध गुफा, लाटी बराही जस्ता स्थलको प्रवद्र्धन र विकास गर्नु आवश्यक रहेको ढोरफिर्दीका युवा प्रकाश भट्टराईले बताए ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

साताका लोकप्रिय समाचार

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

ट्रेन्डिङ

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन् । नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको...

आयोजनामा फलिफाप, अहिले फन्दामा

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभाग, खोटाङमा कार्यरत आयोजना प्रमुख राजकुमार शाक्यले ११ करोडभन्दा बढी अकुत सम्पत्ति कमाएको पाइएको छ । उनले जागिर...

उपत्यकामा निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर...

बागलुङमा कोरोनाको आशंकामा एकजना धौलागिरी अस्पतालमा भर्ना

बागलुङ । बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण...

बालाजु बाइसधारा मेला स्थगित

काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस...

५ जना कोरोना संक्रमित जनकपुरको प्रादेशिक अस्पतालमा

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा पाँच जना कोरोनाका संक्रमितलाई आइसोलेट गरिएको छ । धनुषाको दुई, महोतरीको दुई र सर्लाहीमा एकजना गरी पाँचजना रहेका छन्...

ऐश्वर्याको आमा छोरी घर फर्किए

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन । उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएको अभिषेक बच्चनले ट्विटरमार्फत...

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार प्रदान गरेको छ । इलामकी गंगा माया...

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

अलपत्र नेपालीलाई स्वदेश ल्याउन यस्तो छ सरकारको तयारी, दैनिक १० ओटासम्म उडान

काठमाडौं । सरकारले अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको छ । यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

‘बाँदर नियन्त्रणको उपाय देऊ’

पाेखरा ।  पोखरा महानगरपालिका वडा नं १९, लामाचौरमा मकैबारीमा एक हुल बाँदर मकै खाएर बसिरहेको थियो । बाँदर धपाउँदा धपाउँदा हैरान भएर आफ्नै बारीको...

सीमामा उच्च सर्तकता : सशस्त्रको एक–एक किलोमिटर दुरीमा सुरक्षा चेक पोष्ट

बर्दिया । सीमावर्ती भारतको उत्तरप्रदेशमा कोरोनाको संक्रमण बढदै गएपछि जिल्लाको सीमा नाकामा उच्च सर्तकता बढाइएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)