बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन स्वामी आनन्द अरुणको सुझाव

काठमाडौं । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले हरेक वर्षको बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन सुझाव दिएका छन । मुलुकको प्राकृतिक सौन्दर्यको उचित उपयोग गरि विश्वका लाखौं लाख पर्यटकको ध्यान नेपालमा आकर्षित पार्न योग एकदमै उपयोगि हुने दावी गर्दै उनले योगको हबको रुपमा नेपाललाई परिचित गराउन बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन सुझाव दिएका हुन ।

उनले कोरोना महामारिले थलिएको मुलुकको पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनकालागि अब नेपाललाई ध्यान तथा योग केन्द्रको हब बनाउन आव्हान गरे । राजधानीमा सम्पन्न न्यूजलाइन्स मिडियाको चौथौं बार्षिक उत्सवका अवसरमा स्वामी अरुणले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

एकजना विदेशी पर्यटक नेपाल भित्रिए सजिलै आठजनाले प्रत्यक्ष रोजगारी पाउने दावी गर्दै स्वामी अरुणले १ माघको दिन विश्व योग दिवस मनाएजस्तै अब महामानव भगवान बुद्धको जन्मभूमि नेपालमा बुद्ध जयन्तीका दिन विश्व ध्यान दिवस मनाएर संसारभरका पर्यटकको ध्यान यहाँ केन्द्रित गर्नकालागि सरकारले बुद्ध जयन्तीको दिनलाई ध्यान दिवस घोषणा गर्न आग्रह गरे ।

न्यूजलाइन्स मिडियाकी प्रवन्ध निर्देशक रिता ढकाल भट्टको सभापतित्वमा सम्पन्न चौथो वार्षिकोत्सव कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताए ।

उनले अध्यात्मले मानिसको जीवनलाई सफलतातर्फ डो-याउन बल प्रदान गर्ने दावी गरे । उनले दिनमा ३० मिनेट ध्यान गर्नेहरुले बिरामी भएर डाक्टरलाई पैसा र खर्च गर्न नपर्ने दावी गरे । न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले हाल मुलुकको मिडिया क्षेत्रमा पनि निकै चुनौतीहरु थपिँदै गएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले पत्रकारहरुको हकहितका निम्ति महासंघले बुलन्द रुपमा आवाज उठाउँदै आएको बताए । उनले पत्रकारिता पेशालाई थप मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको धारणा राखे ।

सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका – ४ का सभापति रामप्रसाद न्यौपाने,कृषि विज्ञ डा.हरिकुमार श्रेष्ठ, सौन्दर्यविद् सुषमा महरा, होटल सोल्टी क्राउन प्लाजाका आरबी बुढाथोकी, पर्यटन व्यवसायी एवं समाजसेवी जगतबहादुर गुरुङ, खेलाडीद्धय सुर्यबहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, चलचित्र निर्माण संयोजक यमप्रसाद ओली, चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन लगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्