दैलेख ( भोटेगढी) । कर्णाली प्रदेशको राजधानी हँुदै तिब्बत जोडने सडकको ढोका मानिने दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको ट्रयाक खोलिएको छ । पर्यटकीय एवं धार्मिक एवं पर्यावरणिय तिब्बतको मुल ढोका मानिने सडकको कालिकोट शुभकालिका र दैलेखको भैरवी गाउँपालिकामा ट्रयाक खोलिएको हो ।
ट्रयाक खोलएपछि दुई जिल्लाका दुईवटा गाउँपालिका सडक सञ्जालसँग जोडिएका छन् । चट्टानी पहाडहरू छिचोलेर कच्ची सडक निर्माण सम्पन्न भएपछि दैलेख र कालिकोट जिल्लालाई उत्तर दक्षिण सडक सञ्जालले जोडको हो ।
वीरेन्द्रनगर सुर्खेतदेखि दैलेखको माथिल्लो डुङ्गेश्वर, बैक, मालिका, दुल्लु डाँडामाडी, सिलंगीबजार, कुसापानी, ब्याउलीको लेक, कालिकोट, जुम्ला, मुगु हुँदै तिब्बत जोड्ने सडक अन्तरगर्त भैरवी र शुभकालिका गाउँपालिका सिमा क्षेत्रमा ट्रयाक खोलिएपछि कालिकोट शुभकालिका र भैरवी गाउँपालिका सडक सञ्जाल सँग जोडिदएका हुन् ।
कर्णाली राजमार्गको वैकल्पिक राजमार्गका रुपमा रहेको यो क्षेत्र धार्मिक,पर्यटकीय र एतिहासिकताले भरिपूर्ण छ । सदियौंदेखी निरन्तर बलिरहने ज्वाला क्षेत्र,नेपाली भाषाको शिलालेख,किर्तिखम्ब पाथरनाउली,दुल्लूदरबार अवलोकन गर्दै यस सडकबाट रारातालको अवलोकेन गर्न सकिन्छ । सडकको स्तरोन्नति भई सञ्चालन भए । कर्णाली राजमार्ग भन्दा ६८ किलोमिटर सडक कम पर्छ । कर्णाली राजमार्गको सेराघाटमा यो सडक जोडिन्छ ।
दैलेखको भैरवी गाउँपालिका–७ बतासे देखि कालिकोटको शुभकालिका गाउँपालिका–६ भोटेगढीसम्म ट्रयाक खोलिएको छ । सडकको ट्रयाक खोल्न झण्डै पाँच करोड रुपैयाँ खर्च भएको भैरवी गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाले जानकारी दिए । सडकको स्तरोन्तीका लागि कर्णाली प्रदेश सरकारले बहुबर्षिय योजना अन्तरगर्त २९ करोड रुपैयाँ विनियोजन गरिसकेको इन्जिनियर थापाले बताए । ‘सडकखण्ड स्तरोन्ती भएर मुगुसम्म जोडिएपछि यो सडक खण्डनै कर्णाली प्रदेशका लागि आर्थिक केन्द्र बन्न सक्छ’,थापाले भने ।
दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले सडक कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ दहचौर हुँदै पानतडीबाट कर्णाली राजमार्गको सेरावाडामा जोडिने बताए । ‘यो सडक कर्णाली राजमार्गमा जोडिपछि अहिलेको कर्णाली राजमार्ग दुरी भन्दा ६८ किलोमिटर सडक छोटो पर्छ,’ अध्यक्ष बुढाले भने ‘यो सडक खण्डबाट मुगु, जुम्ला र कालिकोटको पूर्वी क्षेत्रका नागरिकहरुका लाग आवतजावतमा सहज हुने सडकबाट आवताजावत गर्ने यात्रीले धार्मिक र एतिहासिक र पर्यटकीय स्थलको ज्ञान लिन सक्नेछन्,अध्यक्ष बुढाले भने ।
पञ्चकोशी तिर्थस्थल भएर जाने यात्रीले दुल्लू नगरपालिका एतिहासिक सम्पदा लगायत धार्मिक सास्कृति अवलोकन गर्दै रारा पुग्नसक्ने र यो सडक खण्ड नै पर्यटकीय मार्ग बन्ने भैरवी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले जानकारी दिए । उनले भने, विकासको मुल पूर्वाधार सडक भएकाले सडकलाई स्तरोन्तीका लागि पहल लागिपरेको छौं ।
सडकको ट्रयाक खोलिएर शुभकालिका जोडिएपनि सडकखण्ड फराकिलो छैन । चटानी पहाड काटेर निर्माण गरिएको सडक फराकिलो नहुँदा सवारी साधनलाई आवतजावत गर्न उत्तिकै समस्या छ । भीर र जंगलै जगल भएर जाने सडकको भैरवी गाउँपालिकाको ७ मा ढुंगाबाट निर्माण गरिएको धर्मशाला,भोटेगढी बेहुलीलेक यात्रीका लागि आर्कषण बन्नेछन् । दुल्लूका एतिहासिक सम्पदाले ज्ञान दिने छन् । ढुंगाबाट निर्माण गरिएको धर्मशाला पाण्डप बनाएको भनिएपनि त्यो धर्मशाला खसकालिकन जुम्लाको हिउँदै राजधानी दुल्लू ओहोरदोहोर गर्न क्रममा पहाडमा हिउँपर्दा विश्राम गर्ने, राती बास बस्ने प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने आंकलन गर्न सकिन्छ ।
दलाई लामा हिँडेको बाटो
सडकसँगै केही समाधीस्थल एवं मन्दिर भएकाले तिब्बतबाट दलाई लामा समेत यहीबाटो भएर हिडेर आएका हुन सक्ने स्थानीयबासीको भनाई छ । भोटेका धेरै निशानी एवं संकेतले सडक एतिहासिक भएको बुढापाकाको भनाई छ ।
दैलेखको गुराँस,रानिमत्ता, सुर्खेका सिद्दपाईला,सिद्दपाईलामा भोटेको शव जलाउने चिहान समेतले सडक ऐतिहास रहेको स्थानियको भनाई छ ।