सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराए । नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि मन्त्री गुरुङले औंल्याए । व्यापारिक फाईदा नहेरी टेलिकमलगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा उनको जोड थियो । “व्यापारमा फाईदा हुँदैन कि भनेर चुुप लागेर नबसौं,” ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भने ‘आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौं ।” त्यसो हुन सकेमात्रै प्रधानमन्त्री केपी शर्मा आलीको ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार हुने उल्लेख गर्दै मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी