कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र अन्य सहयोगीहरू यस खोपबाट लाभान्वित हुनेछन् । त्यसैगरी, देशभरका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू पनि यसको प्राथमिकतामा पारिएका छन् । संक्रमित बिरामी तथा भेन्टिलेटरमा सेवा लिइरहेका पनि यो खोप लगाउनेहरूको सूचीमा परेका छन् । खोपको प्राथमिकीकरणका ’boutमा जनसाधरणमा कुनै पनि सिकायत र आलोचना छैन । बरु खोप सुरक्षित साथ लक्षित सबैमा छिटोभन्दा छिटो पुर्याइयोस् भन्ने चाहना सबैमा रहेको छ । यसले देशैभर खोपमैत्री वातावरण सिर्जना गरेको छ । त्यसो त अहिलेसम्म कसैले पनि खोप वा अन्य औषधिको प्रयोग गर्ने गरिने कुरालाई लिएर नेपालमा विरोध वा बबन्डर मच्चाउने गरेको रेकर्ड नै छैन । पछिल्लो समयमा कोभिड महामारीकै रूपमा संसारमा फैलन र नेपालमा पनि त्यसको प्रभाव पर्न थालेपछि खोप वा औषधिको मागको आवाज देशभित्र फैलिइरहेको थियो । सरकारले मान्यता दिन ढिलाइ गरे पनि रेन्डेसिभिरजस्ता औषधि प्रयोगमा आइरहेका थिए । यो औषधि स्वयम् चिकित्सक र अन्य इच्छुक बिरामीले पनि लिइरहेका थिए ।

यस्तो बेलामा बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमणविरुद्धको कोभिसिल्ड खोप लगाउन जनता आतुर छन् । पहिले यो खोपका ’boutमा केही चर्चा पनि भएको थियो । यसका सकारात्मक तथा नकारात्मक कुराहरूको तुलनात्मक चर्चा पनि गरिएको थियो । तर पछि यसको प्रभावकारिताको विषयमा यथार्थता बाहिर आएपछि जनतामा रहेका केही भ्रमहरू साफ हुन पुगेका छन् । तुलनात्मक रूपमा यो खोपको प्रभावकारिता बढी नै रहेको र यो लगाउँदा सुरक्षित हुने कुरा स्वयं चिकित्सकहरूले पहिलो लटमै लगाएर साबित गर्न चाहिरहेका छन् । बुधबारदेखि यो भ्रमको पनि अन्त्य हुनेछ । यसको प्रभावकारिता खोप लिने मानिसको शारीरिक अवस्थाका आधारमा ६० देखि ९० प्रतिशतसम्म रहने चिकित्सकको भनाइ रहेको छ । खोप आएपछि जनतामा विश्वास र आशाको सञ्चार हुनुले पनि शरीरमा सकारात्मक ग्रन्थीहरू पैदा भई रोगविरुद्धको शक्ति बढ्दै जाने विश्वास गरिएको छ । सरकारले नेपाल भित्र्याएका खोपको मात्रा देशैभरका प्रदेशहरूमा वितरण र भण्डारण गरिसकेकाले यो खोप समयमै लगाइने देखिएको छ । प्रदेशका आआफ्ना क्षेत्रमा खोपका लागि स्थानीय सरकारबाट प्राथमिकामा परेका मानिसहरूको सूची पनि संकलन गरी उनीहरूलाई खोपका लागि सूचना पनि गरिसकिएको छ ।

योभन्दा पहिले कोभिडविरुद्धका सामग्री ल्याउँदा जेजस्ता कमजोरी गरे पनि कोभिसिल्ड खोप ल्याउँदा भने निकै पारदर्शिता अपनाएको देखिन्छ । छिमेकी देश भारतले सहयोगका रूपमा उपलब्ध गराएको यो खोपको समुचित वितरण तथा सदुपयोग हुने आशा गरिएको छ । यसपछिका खोपका लट नेपाल सरकारले आफैंले किनेर ल्याउने भएकाले त्यति बेलाको ठेक्कापट्टा र खरिददेखि सामानको गुणस्तरमा समेत निकै सचेतता अपनाउनु जरुरी छ । यस’boutमा सम्बन्धित पक्ष जनस्वास्थ्यका आचारहरूमा सचेत रहनुपर्छ । अहिले हुँदै गरेको खोप अभियान जनसाधरणका लागि पनि एउटा पर्वजस्तो हुन गएको छ । सबैले उत्साहका साथ सरकारको यो अभियानमा सहयोग गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै