Tuesday, March 2, 2021
Home बिचार राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा पलाउँथ्यो । निजी स्वार्थभन्दा माथि उठेर समयानुकूल सरकारले परिवर्तन ल्याउँछ भन्ने सबैको विश्वास हुन्थ्यो । सरकारले पनि देश र जनताको हितलाई सर्वोपरि ठान्थ्यो । तर, उही सत्ता, उही प्रक्रिया, उस्तै नेतृत्व हेरफेर हुने भए पनि अहिले सत्ता परिवर्तन जनसरोकारको विषय भए पनि चासोको विषय बन्दैन ।

यसको कारण आशलाग्दा नयाँ अनुहारले सत्ताको नेतृत्व सम्हाल्ने मौकै पाउँदैनन् । उनै दुर्गन्धित स्वार्थी व्यक्तिहरू नै बराबर सरकारमा पुगेको परिदृश्य अहिले जनताको उत्साह होइन, नैराश्यको कारण बन्छ । पहिले फलानो बहादुर प्रधानमन्त्री भयो भन्ने सुन्दा जनताका काम ठाडा हुन्थे तर अहिले फलानो बहादुर प्रधानमन्त्री हुँदै छ भन्ने सुन्दा जनताका कान खस्कन्छन् । बहादुर त दुवै नामका बहादुर हुन काँतर होइनन् तथापि उनीहरूको कार्यशैली भने बहादुर हुँदैन ।

पछिल्लो समयको सत्ता फेरबदल ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने लोकोक्ति जस्तै बन्ने गरेको छ । अहिलेको सत्ताको फेरबदल सर्वसाधारणका लागि होइन दलीयगुट उपगुटका लागि भने उत्साह र चासोको विषय बन्छ । विरोधी गुटलाई पछि पारेर आफ्नो गुट सत्तामा पुगे गुटगत फाइदाबाट लाभान्वित बन्न पाइने लालसाले नेता कार्यकर्ताका काम ठाडा हुन्छन् । यो राजनीतिक विकृतिको पराकाष्ठा हो । हाम्रो मुलुकको राजनीति अहिले यही अवस्थामा पुगेको छ ।

लोकतन्त्र सँगसँगै भित्रिएको दूषित राजनीतिक वातावरणभित्र दलीय सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै आयो गुटगत राजनीतिलाई सुसंगिठत बनाउन जस्तोसुकै हतकण्डा प्रयोग गर्न पनि नेताहरू पछि परेनन् । सत्तामा पुग्ने र टिकिरहने उद्देश्यले जनप्रतिनिधिहरूकै खरिद बिक्री हुन थाल्यो । सत्ता जोगाउन शीर्षस्थ नेताले नै यो प्रवृत्तिलाई निरन्तरण दिँदै ल्याए । यस्तै, दूषित राजनीतिक पृष्ठभूमिभित्र भ्रष्टाचारले मौलाउने अवसर पायो ।

लोकतन्त्रको नाममा गुटतन्त्र हावी हुँदै आएपछि व्यक्ति नै सर्वेसर्वा बन्नु स्वाभाविक हो । यही क्रममा राज्यका ऐन कानुनभन्दा नेताकै आदेश ठूलो ठानियो । विधिभन्दा व्यक्तिको स्वेच्छाचारितामा राज्य सञ्चालित हुन थाल्यो । जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसद् र सिंगो पार्टीपंक्ति नै व्यक्तिको पछि लाग्ने अवस्था आएपछि जनताको भन्दा नेताको स्वार्थ महत्वपूर्ण बन्दै आयो । सरकारलाई लगाम लगाउने संसद् निरीह बनेपछि सरकार प्रमुख लगाम बेगर स्वतन्त्र विचरण गर्नु स्वाभाविक हो । दललाई भन्दा गुट उपगुटलाई ठूलो ठान्ने, गुट÷उपगुटभन्दा त्यसको नेतृत्वलाई सर्वेसर्वा ठान्ने, शीर्षस्थ नेताले आफैंलाई राज्य मान्ने प्रवृत्तिको अन्त्य नभएसम्म देश र जनताको हित हुँदैन । सबै दलका अहिलेका अधिकांश शीर्षस्थ नेताहरू यही मानसिकताका छन् ।

लोकतन्त्र सँगसँगै भित्रिएको दूषित राजनीतिक वातावरणभित्र दलीय सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै जाँदा जस्तोसुकै हतकण्डा प्रयोग गर्न पनि नेताहरू हिचकिचाएनन्

स्वेच्छाचारी र अवसरवादी नेताहरू नै बराबर पालोफेरोमा सत्तामा पुगिरहने हो भने निकट भविष्यमा मुलुकमा अर्को राजनीतिक संकट आउन सक्छ । यसर्थ देश र जनताको हित चाहने हो भने मुलुकमा अब राजनीतिक पुस्ताअन्तर अनिवार्य छ । सरकारको नेतृत्व दोस्रो पुस्ताका युवा नेताले सम्हाले राजनीतिक पुस्तान्तर भएको मानिन्छ । नेतृत्व तहमा पुगे राज्यलाई गतिशीलता प्रदान गराउने क्षमता भएका योग्य युवा नेताहरू अहिले सबै पार्टीमा छन् ।

यस्ता प्रतिभाशाली युवालाई स्वार्थको राजनीति गर्न खप्पिस अग्रज नेताले छायामा राख्दै आएका छन् । युवा नेताको जोस, जाँगर, परिपक्व र स्वच्छ विचार तथा इमानदार र उदार कार्यशैली राष्ट्रहितको कार्यमा समर्पित गराउने बेला यही हो । स्वेच्छाचारी, भ्रष्ट, असक्षम, बराबर कलंकित बन्दै आएका तथा राजनीतिबाटै अवकाश दिलाउनुपर्ने कतिपय शीर्षस्थ भनिने सबै दलका अगुवा नेतालाई अब जनताले पुनः सत्तामा पु¥याएर आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नुहुँदैन ।

अझै पनि अस्ताउँदा नेताकै हातमा राज्य सुम्पिने हो भने मुलुकै भविष्य अन्धकार हुन्छ । उदाउँदो युवा नेताको हातमा सत्ता सुम्पिए मुलुक चहकिलो बन्छ । बराबर सत्ताको स्वाद चाखेका अवकासोन्मुख नेताका लागि राजनीतिक पुस्तान्तरको कुरा सह्य नहुन सक्छ । किनकि पार्टीमा देखिएको युवा शक्तिको उदय ज्येष्ठ पुस्ताका नेताका लागि घातक हुनु स्वाभाविक हो । हुन त कतिपय युवा नेतामा अग्रज पुस्ताकै अस्वस्थ्य राजनीतिक प्रभावको छाप परेको नहोला भन्न सकिन्न ।

तथापि, परीक्षणकै रूपमा प्रस्तुत हुने उनीहरूको कार्यशैली देश र जनताको निम्ति लाभदायक बन्न सक्छ । किनकि उनीहरूको राजनीतिक जीवन लामो छ र लोकप्रियता आर्जनको निम्ति सत्ता सञ्चालन उनीहरूको परीक्षणको कसी नै बन्न सक्छ । अस्ताउँदो सूर्यलाई भन्दा उदाउँदो सूर्यलाई नै सबैले पूजा गर्ने भएकाले युवा नेतृत्वप्रति सर्वसाधारणको विश्वास हुन्छ । विगतकै दृष्टान्त हेर्ने हो भने पञ्चायतकालमै केही युवा नेताले मन्त्रिमण्डलको नेतृत्व गरेका थिए । उनीहरूको कार्य सम्पादन पनि प्रभावकारी हुन्थ्यो ।

नेपाली जनतामा राजनीतिक चेतना आइसकेको भए पनि त्यो निष्प्रभावित रूपमै व्यवहारमा अझै निर्णायक रूपमा प्रस्तुत हुन पाएको छैन । किनकि समस्याको भुमरीमा रहेका अधिकांश जनताका लागि राजनीतिभन्दा व्यक्तिगत समस्या महत्वपूर्ण ठानिने भएकोले उनीहरू नेताको स्वार्थप्रेरित लालचबाट उत्तिखेरे प्रभावित बन्न बाध्य हुन्छन् । विपन्न जनताको दयनीय अवस्थाको फाइदा नेताहरूले लिइरहेका छन् । क्षणिक स्वार्थ र प्रलोभनभन्दा मुलुकको दीर्घकालीन हित सर्वोपरी हो भन्ने मानसिकता सबैमा जागृत भइसकेको छैन । जनताको जीवनस्तरमा सुधार र देश विकासमा समर्पित रहने राजनीतिक प्रतिस्पर्धालाई अहिले स्वार्थको राजनीतिले विस्थापित गरिसकेको छ ।

पद लोलुप उही परम्परागत प्रवृत्तिकै नेताहरू बराबर अगाडि आइरहने कारण पनि यही हो । सत्तामा पुग्ने, टिकिरहने र दलीय एवं व्यक्तिगत स्वार्थमा मरिमेट्ने राजनीति स्वच्छ राजनीति होइन । यस्तो दूषित राजनीति गर्दै आएका व्यक्तिको निम्ति क्षमतावान्, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिका जानकार तथा विषयवस्तुका बारेमा तार्किक ढंगले बहस र चर्चा गर्न सक्ने सक्षम व्यक्ति घातक ठानिन्छन् । यस्तो सक्षम व्यक्तिभन्दा नेताको नजरमा आफूप्रति अन्धोभक्ति देखाउने सामान्य लेखापढकै पिछलग्गु व्यक्ति बढी सहयोगी बन्ने भएकोले शीर्षस्थ नेताहरूले यस्तै, एस मेनलाई संसद्मा पु¥याउँदै आएका छन् । संसद् निरीह बन्ने प्रमुख कारण पनि यही हो ।

वास्तवमा संघीय संसद्मा पुग्ने व्यक्ति मुलुकको राष्ट्राध्यक्ष र कार्यकारी प्रमुखकै उम्मेदवार बन्ने हैसियतको मानिन्छ । यो हाम्रो संवैधानिक विशेषता नै हो । संघीय संसदको सांसद पदमा निर्वाचित जोसुकै पनि राष्ट्रपति र प्रधानमन्त्रीको पदमा पुग्न सक्छ भन्ने कुरा जनताले बुझेको भए पनि त्यस्तै व्यक्ति छनोट गर्ने क्रममा उसको योग्यता, राजनीतिक हैसियत र कार्यदक्षता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीति बारेको ज्ञान, इमानदारिता तथा जनउत्तदरायी कार्यशैली कस्तो छ ? भन्नेबारेमा जनता अझै संवेदनशील देखिँदैनन् ।

परम्परागत प्रवृत्तिलाई निरन्तरता दिने होइन, विकास र प्रगति गर्ने युवा नेता देशले चाहेको छ

पार्टीले उम्म्ेदवार बनाएको व्यक्ति योग्य होस्न-होस् जनतालाई मतलब हुँदैन तर त्यस्तै, व्यक्तिलाई पार्टी प्रतिनिधिको रूपमा विजयी बनाउनु आफ्नो कर्तव्य भएको ठान्ने अदूरदर्शी जनदृष्टिकोणबाट शीर्षस्थ नेताले फाइदा लिइरहेको छन् । यसले गर्दा अधिकांश त नेताकै पिछलग्गुहरू नै संसद्मा पुग्ने गरेका छन् । यस्तै सांसदहरू अनिर्णयको बन्दी बन्न पुग्दा एका दुई शीर्षस्थ नेताकै पार्टीदेखि सरकारसम्म हालीमुहाली हुने गर्दछ । जुन अहिले भइरहेको छ ।

पछिल्लो समयमा मुलुकमा राजनीतिक परिवर्तन आयो तर नेताहरूकै कार्यशैलीमा परिवर्तन आएन । राजनीतिक सिद्धान्तलाई वैचारिक बहस र चर्चाको विषय बनाउनुपर्नेमा नेताहरूबीचको व्यक्तिगत स्वार्थलाई बहस र चर्चाको विषय बनाइयो । गरिमामय जनप्रतिनिधिमुलक संघीय संसदलाई, प्रतिभाशाली बौद्धिक व्यक्तित्वहरूकै अखडा बनाउनुपर्नेमा नेताकै पिछलग्गु दस्तामा रूपान्तरित गरियो । देश र जनताको हितले भन्दा संसद्मा नेताको स्वार्थले महत्व पायो । कुसंस्कार र कुप्रवृत्ति अन्त्यको निम्ति संसद्मा पारस्परिक विचार र दृष्टिकोण मन्थन हुनुपर्नेमा व्यक्तिवादी दृष्टिकोण मन्थन हुँदै आयो । यस्तै परम्परागत विकृतिको अन्त्य गरी मुलुकको राजनीति स्वच्छ र पारदर्शी बनाउन राजनीतिक पुस्तान्तर अत्यावश्यक छ । सात दशक पार गर्दा पनि अझै आफूलाई युवा ठान्ने संकुचित मानसिकताका अनुदारवादी निष्क्रिय नेतालाई नपन्छाएसम्म अब मुलुकको विकास हुन सक्दैन ।

यसर्थ मुलुकले अहिले स्वेच्छाचारिताको होइन, सिद्धान्तको राजनीति गर्ने व्यक्ति खोजिरहेको छ । परम्परागत प्रवृत्तिलाई निरन्तरता दिने होइन विकास र प्रगति गर्ने युवा नेता चाहेको छ । कस्तो व्यक्तिलाई राज्य सञ्चालनको दायित्व सुम्पने ? अब नेपालीले नै सोच्नुपर्दछ । जनतालाई धोका दिने होइन, काम गरेर देखाउने नेतृत्व मुलुकले खोजेको छ । यस क्रममा देश र जनताकै हितलाई सर्वोपरी ठान्ने, पदीय दायित्व कुशलतापूर्वक सम्पादन गर्न सक्ने, व्यवहार र कार्यशैली स्वच्छ र पारदर्शी भएको, निष्कलंक र उदार मानसिकताको, निस्वार्थ इमानदार तथा दृढ नेतृत्व वहन गर्ने खुबी भएको युवा नेतालाई सत्तामा पु-याइए मुलुकमा परिवर्तन आउन सक्छ । यसप्रति सबैको ध्यान पुग्न जरुरी छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

साताका लोकप्रिय समाचार

पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा ढकाल

पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

ट्रेन्डिङ

लालना लिभरपुलमा बस्ने

लन्डन । इंग्लिस मिडफिल्डर एडाम लालनाले इंग्लिस क्लब लिभरपुलसँग छोटो समयका लागि सम्झौता नवीकरण गरेका छन् । लालनाले यो सिजनको अन्त्यसम्मका लागि लिभरपुलसँग सम्झौता...

‘सलहको संख्या बढ्यो भने कृषिबालीमा क्षति पु-याउछ’

बारा । भारतको बिहार हुँदै नेपाल पसेको सलह किराको समूह बाराको निजगढ, सिमरा लगायतका स्थानहरुमा देखा परेको छ । यो किरा देखिए सँगै किसानहरुमा...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

श्रीकृष्ण जन्माष्टमी र भगवती जात्रा

भगवान् श्रीकृष्ण यस जगत्का उत्पति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णको सबैले वन्दना गर्नुपर्छ र मान्नुपर्दछ...

सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का...

दुई मन्त्रीद्धारा हुलाकी सडक निरिक्षण,छिट्टै निर्माण हुने प्रतिवद्धता

सर्लाही । सर्लाहीमा दुई मन्त्री द्धारा हुलाकी सडक निरिक्षण तथा अनुगमन गरिएको छ । हुलाकी सडक शीघ्र निर्माण र सुदृढीकरण गर्न शनिवार सदरमुकाम मलंगवा...

सुनसरीका २६० जना सञ्चारकर्मीको कोरोना बीमा

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले...

कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)