खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सबै नेपालीलाई खोप निःशुल्क उपलब्ध गराउने बताए ।

प्रधानमान्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने सल्लाह दिए । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँमाथि उठाएको बताए । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरे ।

प्रधानमन्त्री ओलीले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशील रहने अग्रपंक्तिमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गरे ।गएको १ वर्ष अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उनले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए । उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू