आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको रिलिज मिति एकै दिन तोकिएपछि उनी तनावमा परेका हुन् ।
यी दुवै फिल्मलाई आगामी दसैंमा रिलिज गरिने भएको छ । दुवै फिल्म आफ्नो महŒवपूर्ण फिल्म भएकाले यसरी एकसाथ फिल्म जुध्दा दुवै फिल्मलाई असर पर्ने उनले बताएका छन् ।

बाहुबली जस्तो फिल्म बनाईसकेका एसएस राजामौलीले फिल्म आरआरआर बनाएका हुन् । यो फिल्म अहिलेको निकै आशा गरिएको फिल्म हो । अजयकै अर्को फिल्म मैदानलाई आगामी दसैंमा रिलिज गर्ने भनेर केही दिनअघि नै तय गरिएको थियो । तर यतिबेला राजामौलीले अजयकै अर्को फिल्म आरआरआरलाई आगामी दसैंमा रिलिजको घोषणा गरेका हुन् ।

फिल्म मैदानलाई बोनी कपुरले निर्माण गरेका हुन् । आफूले दसैंमा मैदान ल्याउने घोषणासहित तयारीमा जुटेको बेला राजामैलीले आरआरआरको रिलिज मिति पनि सोही समयमा घोषणा गरेकोमा बोनीले दुःख व्यक्त गरेका छन् ।

निर्माता बोनी कपुरले अभिनेता अजयलाई यसरी फिल्म नजुधाउनका लागि राजामौलीसँग बार्ताको लागि अनुरोध गरेका छन् । दुवै फिल्म एकसाथ आउँदा दुवै निर्मातालाई असर पर्ने भएकाले फिल्म आरआरआरलाई पछि सार्नका लागि बोनी कपुरले आग्रह गरेका हुन् ।

फिल्म आरआरआरलाई दसैंमा रिलिज गरिने’bout आफूलाई पनि जानकारी नभएको र राजामौलीले आफ्नै हिसाबले दसैंमा रिलिजको लागि मिति तय गरेको अजयको भनाइ छ । आफूले फिल्म नजुधाउन निर्देशक राजामौलीसँग पहल गर्ने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी