आकाश अधिकारीको नेतृत्वमा चलचित्र तथा मनोरञ्जन फोरम

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको रूपमा सरकारले घोषणा गरे पनि अझै नीति तयार भएको छ । सिनेमा उद्योगलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको रूपमा कार्यन्वयन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा ‘चलचित्र तथा मनोरञ्जन फोरम’ गठन गरिएको छ । उद्योग वाणिज्य महासंघको कार्यालयमा भेला भएका सिनेकर्मीहरूलाई समेटेर अधिकारीकै सभापतित्वमा सो फोरम गठन गरिएको छ ।

चलचित्र क्षेत्रका विभिन्न समस्यालाई निराकरण गर्दै राष्ट्रिय मान्यता प्राप्त उद्योगलाई नीतिगत रूपमा कार्यन्वयन गर्न चलचित्र तथा मनोरञ्जन फोरम गठन गरिएको महासंघका केन्द्रीय सदस्य र फोरमका सभापति आकाश अधिकारीले कार्यक्रममा बताएका छन् ।

भेलाले सो फोरमका सह सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरलाई चयन गरिएको छ । यस्तै, कलाकार नीर शाह, चिकित्सक भोला रिजाल, फिल्म निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्वकार्यकारिणी सदस्य कमला श्रेष्ठ र प्रेमराज्य लक्ष्मीसिंह भेलाबाट फोरमका सल्लाहकारको रूपमा चयन भएका छन् ।

फोरमको सदस्यतर्फ नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रवीन्द्र कुमार रिजाल शशि, फिल्म निर्देशक मदन घिमिरे, चलचित्र निर्माता संघका सचिव अविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाज नेपालका निर्वतमान अध्यक्ष तुलसी पराजुली चयन भएका छन् ।

यस्तै, भेलाबाट फोरमको आमन्त्रित सदस्यहरूमा निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, अभिनेत्री नीता ढुंगाना, पवित्रा आचार्य, गायिका मन्जु पौडेल, नृत्य निर्देशक दिनेश पाख्रिन, कलाकार रचना श्रेष्ठ, प्रदीप श्रेष्ठ, लेखक सामीप्य तिमल्सिना, सुभाष भण्डारी, हास्य अभिनेता केदार घिमिरे, कलाकार धमेन्द्र आचार्य, दिप्तप्रकाश अधिकारी, अमृत खड्का, सम्पादक शिव पुरी, खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, मेघराज मगराती, सुशान्त कुमार श्रेष्ठ, राजन श्रेष्ठ चयन भएका छन् ।

फोरमका सभापति आकाश अधिकारीले चलचित्र तथा गीत संगीत क्षेत्रको विकासमा सरकारले दिनुपर्ने सहयोगलगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेस गर्ने बताए । यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत सम्बन्धित देशहरूमा चलचित्र, गीतसंगीतको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षणमा आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले नयाँ कार्यसमितिलाई बधाई दिँदै चलचित्र र गीत संगीत उद्योगले आयात गर्ने उपकरणहरूमा राज्यले विशेष छुट दिनुपर्नेमा आफूहरूले पहल गर्ने बताए । यो क्षेत्रलाई सरकारले केवल मनोरञ्जनको रूपमा नहेरेर यसलाई मुलुकको कला संस्कृति संरक्षण गर्ने क्षेत्रको रूपमा हेर्न पनि उनले कार्यक्रममा सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित