बुनुले ल्याइन् राष्ट्रिय भावको गीत

काठमाडौं । थुप्रै आधुनिक र लोक भाका श्रोतामाझ ल्याएकी गायिका बुनु श्रेष्ठले यतिबेला आफ्नो स्वरमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘लहरोस चन्द्रसूर्य झन्डा…’ को भिडियो सार्वजनिक गरेकी छन् । यो गीतलाई डा. गोविन्द टन्डनले लेखेका हुन् । जसमा राजनराज सिवाकोटीको संगीत छ । गीतलाई साहास शाक्यले संगीत संयोजना गरेका हुन् ।

दुःखसुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भए पनि देशको गुन भुल्न नहुने’bout स्मरण गर्न यो गीत ल्याएको गायिका बुनुले बताएकी छन् । देश भावनाले ओतप्रोत यो गीतमा गायिका बुनु आफैंले अभिनय गरेकी छन् ।

भिडियोको निर्देशन पनि बुनुले नै गरेकी हुन् । जसमा अनील कटवालको छायांकन तथा सम्पादन छ । भिडियोलाई विनुप सुनुवारले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई स्टुडियो साउन्ड मिलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित