Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश २शीतलहरले कठ्याङ्ग्रियो तराई–मधेश, जनजीवन प्रभावित

शीतलहरले कठ्याङ्ग्रियो तराई–मधेश, जनजीवन प्रभावित

,
sharethis

धनुषा । पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल घटेको छ ।

जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने कतिपय मानिस कठ्याङ्ग्रिएर मर्ने गर्दछन् । चिसो बढेसँगै बजारमा जाडोका कपडाको व्यापार बढेको छ । जाडो याममा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु र अण्डाको बिक्री पनि बढेको छ । अत्यधिक चिसोको कारण तरकारी खेती पनि प्रभावित हुन थालेको छ । चिसोका कारण धान थन्काउने तथा गहुँ र तोरी छर्ने चटारोमा रहेका किसानलाई समेत समस्या भएको छ ।

आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना देखिन थालेको छ । कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढ्न थालेको छ । आकाशमा दिनभरनै लाग्ने गरेको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले आलु र गोलभेंडाका बोट नष्ट हुन थालेका छन् । मिथिला नगरपालिकाका किसान राम उदगार महतोले आलु र गोलभेंडा फल्ने बेलामा ह्वात्तै बढेको चिसो र शीतलहरका कारण रोग लागेर बिरुवा नै सुक्न थालेपछि किसान मर्कामा परेको बताए । उनले गोलभेँडा र आलुमा डढेलो, तोरी र सिमीमा पात सुख्ने र काउलीको भित्री डाँठ नै कुहिन थालेको बताए ।

खाद्य तथा पोषण सुरक्षा आयोजना जनकपुरधामका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बाक्लो कुहिरोसँगै चलेको शीतलहरले तेलहन, दलहन तथा तरकारी बालीमा समस्या हुने जानकारी दिनुभयो । तराईमा सम्भवत पुसको पहिलो हप्तादेखि माघको अन्तिमसम्म बढी जाडो हुने गर्छ । यस पटक पुसको अन्तिम सातादेखि तराई–मधेसमा शीतलहरको ‘कहर’ शुरु भएको छ । बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन । शरीर कठ्याग्रिन थालेपछि बाक्लो लुगा लगाउन थालेका छन् । आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता विपन्न समुदायका लागि शीतलहर कहर मात्रै नभइ काल बनेर आउने गरेछ ।

यस्ता विपन्न गरिब समुदायको सिरक डसना भनेकै पराल हो । उनीहहरु कठ्यिाग्रिएर आगो ताप्न पनि पराल नै बाल्ने गर्छन् भने पराल नै ओछ्याएर सुत्ने गर्छन् । क्षीरेश्वरनाथ नगरपालिका–३ का ५५ वर्षीय पचु मुसहरले भने, ‘पराल ओछ्याएर सुते पनि माथि खरकै छानो भएकाले जबजब रात छिपिँदै जान्छ, शीत छानाबाट तप तप चुइँन थाल्छ, राम्रोसँग निदाउन सकिँदैन ।’

प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ । शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ । दैनिक कामगरी खाने मजदूर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन् । शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरीब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन् ।

प्रदेश नं २ को राजधानी जनकपुरको पनि अवस्था चिन्ताजनक छ । ‘रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याग्रिदो चिसोले ज्यानै जाने डर छ’, जनकपुरधाम उपमहानगरपालिका–२ का ठेला चलाउने रामप्रवोध सदाले भने । उनले ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको बताउनुभयो । सदाले भने, ‘न्यानो कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु, हाम्रो पीडा सरकारसमक्ष पु¥याइदिनुस् ।’

सदा जस्तै पीडा अन्य विपन्न समुदायका मजदूरको पीडा पनि उस्तै छ । दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदूर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित भएका छन् । जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ । दमका रोगीको सङ्ख्या पनि बढेको चिकित्सकको भनाइ छ ।शीतलहर शुरु भए पनि स्थानीय तहले जाडोबाट बच्ने उपाय तथा पूर्व तयारीबारे कार्यक्रम नल्याएको सर्वसाधरणको गुनासो छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

जनता आवास कार्यक्रमले प्रदेश नं २ का जिल्लाका दलितको झुपडी भत्काएर दुई कोठे पक्की घर निर्माण गर्न लागे पनि त्यस्ता घरको छाना, झ्याल ढोका नहुँदा अवस्था झनै दयनीय छ । यहाँका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । जनता आवासले दुई वर्षअघि घर बनाउन थाले पनि छाना नहाल्दा चिसोमा पाल टाँगेर बस्न बाध्य हुनुपरेको महोत्तरी भङ्गाहा नगरपालिकाका मुसहर बस्तीका रामपृत सदाले बताउनुभयो ।

एक्कासि चिसो बढेपछि विभिन्न जिल्लाका सरकारी कार्यालयमा आउने सेवाग्राही समेत समस्यामा परेका छन् । सधैँ भिडभाड हुने जनसरोकारका सरकारी कार्यालयमा बढ्दो चिसोका कारण सेवाग्राहीको उपस्थिति पातलिँदै गएको छ । बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थलवाट हुने हवाई उडानसमेत प्रभावित भएको छ । मङ्गलबार बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनकपुर विमानस्थलको सम्पूर्ण हवाई उडान चार दिनदेखि प्रभावित भएको छ ।

खराब मौसमका कारण जनकपुर काठमाडौँ उडान रद्द गरिएको जनकपुर नागरिक उडड्यान कार्यालय जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । गौतमका अनुसार, मौसममा आएका खराबीका कारण विमानस्थलमा जहाज उडान र अवतरणका लागि न्यूनतम दुई हजार मिटर भिजिबिलिटी आवश्यकपर्नेमा जनकपुर विमानस्थलमा हुस्सु लागेका कारण भिजिबिलिटी ५०० मिटर मात्रै भएकाले सबै उडान रद्द गरिँदै गरिएको हो ।

अत्यधिक चिसोको कारण सार्वजनिक यातायात सेवामा पनि यात्रु नभएर खालीखाली गुडेको देखिन्छ । बाक्लो कुहिरोका कारणले सवारीसाधन सडकमा गुडाउनमा पनि समस्या भइरहेको छ । खास गरेर न्यूनतम तथा अधिकतम तापक्रमका बीचमा खासै भिन्नता नभएका कारणले अत्यधिक मात्रामा चिसो महसुस गरिएको छ । जनकपुरधामको आज बिहानको तापक्रम १० डिग्रीमा झरेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

चिसो बढेसँगै प्रादेशिक अस्पताल जनकपुरधाम र र विभिन्न स्थानीय तहको स्वास्थ्यचौकीमा बिरामीको चाप पनि बढेको छ । चिसोसँगै भाइरल ज्वरोको प्रकोप अझै बढ्ने सम्भावना देखिएको छ । सम्पन्न व्यक्तिभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप देखिएको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थामा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वाशप्रश्वासका बिरामीको सङ्ख्या बढेको देखिएको छ । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडितपक्षले माग गर्दै आएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा जामुनप्रसाद सिंहको अनुसार चिसोबाट जोगिन धुवाँ–धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने तथा प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ ।

डा सिंहले भने, ‘यसका अतिरिक्त धुलोधुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । बिरामी र केटाकेटीका लागि चिसो खतरा हुन्छ । चिसो र हुस्सुबाट जोगिन खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ ।’

चिकित्सकहरूले चिसोबाट जोगिन शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने, तातो खानेकुरा तथा तातो पानी झोलिलो पदार्थ सेवन गर्नका लागि सर्वसाधारणमा आग्रह गरेका छन् र साथै आवश्यक काम नभएको खण्डमा घर बाहिर ननिस्कनका लागि समेत आग्रह गरिइएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 167 times, 1 visits today)

आजको समाचार

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

साताका लोकप्रिय समाचार

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो 'सोच्दैछु' सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

ट्रेन्डिङ

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

त्रिशूली । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय...

मुलुक विकासको गतिमा लम्किँदै छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)