काठमाडौं । एकसाथ दुई ओटा लोकदोहोरी गीतले एक, १ करोड दर्शक भ्युज पाएको छ । खेम सेन्चुरी र सुमन थापाको स्वरमा रेकर्ड भएको गीत झ्यालमा पर्दा छ…र समीक्षा अधिकारी, अर्जुन सापकोटा र रविन लामिछानेको स्वरमा रहेको गीत पछ्यौरी लिस्यो … बुधबारबाट करोड भ्युज पाएको छ ।
यी दुवै गीतका स्रष्टाहरूले काठमाडौंमा बिहीबार छुट्टाछुट्टै प्रेस भेटघाट गर्दै आफ्नो गीतले पाएको सफलताको खुसी मनाए । झ्यालमा पर्दा छ…का गायक खेम सेन्चुरीले आफ्नो गीतले तीन महिनाको अन्तरालमा युट्युवमा १ करोड भ्युज पाउन सफल भएको बताए ।
सञ्चारकर्मी ऋषि धमलादेखि थुप्रै कलाकारको अभिनय रहेको यो गीत खेमकै युट्युब च्यानलबाट १ करोड भ्युज पाउन सफल भएको हो । गीतमा अन्जली अधिकारी, ध्रुव हिमाली, रुविना अधिकारी, नरेश खाती क्षत्री सहित थुप्रै कलाकारको अभिनय गरेको छ । यो गीतले एक करोड भ्युज पाएको अवसरमा बिहीबार राजधानीमा एक समारोहबीच केक काटेर खुसी मनाउँदै गर्दा खेमकै नयाँ गीत उखु गुलियो छ…विमोचन गरियो ।
आफ्नै शब्द संगीत रहेको यो गीतले आफूलाई धेरै माथि पु¥याएको पनि खेमले बताए । कार्यक्रममा बोल्दै अग्रज गायक तथा संगीतकार नारायण रायमाझीले खेमका गीतहरू मौलिक हुने र यो गीत मौलिकसँगै केही फरक भएकाले यसलाई दर्शकले रुचाएको बताए ।
अर्का गायक बद्री पंगेनीले खेम र सुमनले लोकदोहोरीमा एउटा फरक गीत बनाएकै कारण छोटो समयमा यो गीतले १ करोड भ्युज पाउन नेपाली लोकदोहोरी कलाकारहरूका लागि खुसीको खबर भएको बताए । बिहीबार मात्र रिलिज भएको नयाँ गीत उखु गुलियो छ ले पनि झ्यालमा पर्दा छ को सफलता प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे । सो गीतमा आबद्ध रहेको कलाकार प्राविधिकहरू कार्यक्रममा प्रमाणपत्र वितरण गरियो ।
यस्तै, अर्को गीत पछ्यौरी लिस्यो…का कलाकारहरूले पनि बिहीबार नै काठमाडौंमा एक समारोहबीच केक काटेर सञ्चारकर्मीसँग खुसी साटे । यो गीतका मोडल एलम निर्माता विमल अधिकारी, गायक अर्जुन सापकोटा, रविन लामिछानेलगायतले केक काटेर सञ्चराकर्मीसँग खुसी साटे ।
कार्यक्रममा बोल्दै गीतका निर्माता तथा मोडल विमल अधिकारीले लोकगीतले १ करोडको भ्युज पाउनु सबैका लागि खुसीको खबर भएको बताए । अर्जुनले आफूलाई सो गीत सुनाउँदा गीतले करोडको सफलता पाउँछ भन्ने लागेको र आफूले त्यहीबेला घोषणा गरेको पनि उनले बताए ।
गायिका समीक्षा अधिकारीले पनि आफूले अहिलेसम्म मन पराएको मध्येको राम्रो गीत पछ्यौरी लिस्यो भएको र यसले पनि करोडको सफलता हासिल गर्छ भन्ने’bout त्यतिबेलै आफू पक्का भएको पनि उनले बताए । आज यो गीतले १ करोड भ्युज पाउँदा आफू साहै्र खुसी भएको बताइन् । गायक अर्जुन सापकोटाले पनि गीतको लय तयार हुँदा नै स्रोताले मन पराउनेजस्तो लागेरै यो गीत ल्याएको उनले बताए ।