ओलीमाथि लगाएको आरोप फिर्ता लिए पार्टी एक हुन सक्छ : उपप्रधानमन्त्री

उदयपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अनैतिक र अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाएका छन् । ‘केपी ओलीको नाम लिएर मत लिने अनि दुई वर्ष नबित्दै ओलीलाई हटाउन धक्का दिन थाल्ने ?, यो अनैतिक र अलोकतान्त्रिक कार्य हो’, उनले भने ।

निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्री ओलीमाथिको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जाने स्वीकारोक्तीसहित पार्टीमा फर्किन दाहाल र नेपाललाई आग्रह गरे । पोखरेलले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल-प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपपत्र फिर्ता र निर्वाचनलाई स्वीकार गरे पार्टी एकता हुन सक्ने संकेत गरे ।

उनले प्रचण्डले बैठकमा पेस गरेको अनैतिक, अलोकतान्त्रिक, संबिधान विरोध आरोपपत्र नै पार्टी विभाजनको मुख्य आधार भएकाले फिर्ता लिए मात्र एकताका लागि छलफल गर्न सकिने स्पष्ट पारे । उनले पार्टीका आफु निकटका सांसदलाई विशेष अधिवेशनको माग गर्न लगाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखी निकाल्ने प्रचण्ड-माधव समूहको योजना थाहा भएरै संसद विगठन गर्नु परेको आरोप लगाए ।

महाधिवेशनसम्म सहमतिमै जाने निर्णय भएकाले सहमति विपरित बहुमत र अल्पमतको धम्मास दिएर प्रचण्ड र नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाए । ‘जनता न्यायाधीश हुन्, जनताको बीचमा गएर जनादेश लिन के को अप्ठ्यारो’, पोखरेलले भने, ‘केपी ओलीलाई अनैतिक र अलोकतान्त्रिक तरिकाले धक्का दिएर पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र सफल हुन दिँदैनौं ।’ ‘चोक चौतारीमा बसेर माधव नेपाललाई अध्यक्ष बनाउने कार्य निर्वाचन आयोगले अस्वीकार गरेको छ,’ पोखरेलले भने, ‘दाहाल–नेपालको हरेक षड्यन्त्रलाई असफल पार्छौं ।

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्वाचन आयोगले अध्यक्ष र महासचिब चिन्ने हो, चित्त नबुझे अलग भएर जुन पार्टी र जुन चुनाव चिन्ह लिए पनि हुन्छ ।’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले फरक प्रसंगमा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । सदियौँदेखि जग्गा भोगचलन गर्दै आएपनि लालपुर्जा नपाएर सुकुम्बासी जीवन व्यति गर्दै आएका सबै नेपालीलाई लालपुर्जा हातहातमा पु-याउने लक्ष्य सरकारको रहेको स्पष्ट पारे । पोखरेलले ७७ जिल्लामै अधिकार सम्पन्न आयोग गठन गर्ने गरी प्रकृया सुरु गरिएको बताए ।

उनले भने, ‘अव कोही नेपाली लालपुर्जा नपाएर बस्नु पर्ने छैन्, सदाका लागि समाधान हुने गरी कानुन कार्यविधी तयार पारी अधिकार सम्पन्न आयोग गठन गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले सुखी र समृद्ध नेपाली बनाउने अभियानलाई सार्थक बनाउन विकासका लहर सुरु गरिएको दाबी गरे ।

‘तराईका बीस भन्दा बढि जिल्लाका जनताको समृद्धीको चाहाना हुलाकी लोकमार्ग दु्रतगतिमा अघि बढेको छ, उनले भने, बर्षौदेखि अल्झिएको यो मार्गलाई गतिशिल बनाउन यसै बर्ष चार अर्ब बढि बजेट विनियोजन भई काम अघि बढेको छ । मदन भण्डारी लोकमार्ग, पुर्वपश्चिम रेलमार्गका काम समेत सरकारले प्राथामिकतामा राखेर अघि बढाएको दाबी गरे । समृद्धी सपना देख्न नचाहने र विकासलाई सधै हावामा उढाउनेहरुका लागि चिन र भारत जोड्ने गरी छुट्टा–छुट्टै रेलमार्ग यहीँ सरकारले सुरु गर्ने उनले बताए ।

कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मि सडकको स्तरोन्नतीको माग राख्दै बुझाएको ज्ञापनपत्रमा उपप्रधानमन्त्री पोखरेलले रातो किताबमा परिसकेकाले अपुग रकम आगामी बर्ष सम्बोधन गरीने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले कोरोना विरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट निशुल्क लगाउन सुरु गरिएकाले सबैलाई सहभागि हुन आह्वान गरे । सभालाई मणिराज पौडेल, बेदप्रसाद पोखरेल, पदम राई, अम्बिका थापा, शैलेश लामा, कला घले, ज्ञानेन्द्र श्रेष्ठ, भिमकुमारी राउत, परमेश्वर घिमिरे लगायतले सम्बोधन गरेका थिए । ओली पक्षीय कार्यकर्ता भेलालाई उदयपुरको कटारीमा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी