उदयपुरमा कोरोनाविरुद्धको खोप स्वास्थ्य प्रमुख र मे.सु.बाट लगाउन सुरु

उदयपुर । कोभिड १९ बिरुद्धको खोप उदयपुरमा स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदी र अस्पतालका मेडिकल सुपरटेड जीवनारायण मण्डलबाट सुरु गरिएको छ । पहिलो खोप सुवेदी र दोश्रो खोप मण्डलले लगाएका हुन् । नेपाल सरकारले कोरोनाविरुद्धको खोप जिल्लामा उपलब्ध गराएपछि लगाउन सुरुवात गरिएको हो । सरकारले पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपंतीमा खटिनेहरुलाई खोप लगाउने नीति लिएको छ ।

सोही अनुरुप उदयपुरका अग्रपंतीमा खटिने स्वास्थ्य कार्यालयका कर्मचारीहरु, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, महिला स्वयम सेबिका, सार्वजनिक फोहोर संकलन गर्ने सफाईकर्मी, एम्बुलेन्सका चालक, शब बाहन चालक, कोभिड १९ को कारण मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई खोप लगाउन थालिएको हो । बुधबार पहिलो दिन ३३ जनाले खोप लगाएको खोप सुपरभाइजर चिरन्जिवी निरौलाले जानकारी दिए । अस्पतालकी सिनियर अनमी टिकामाया श्रेष्ठले खोप लगाइ दिइएका थिइन् ।

स्वास्थ्य प्रमुख सुवेदीले खोप सम्बन्धी विभिन्न नकारात्मक प्रचार र भ्रममा नपर्न आग्रह गर्दै यस्तै भ्रमलाई चिर्न आफुले पहिलो खोप लगाएर सुरुवात गरिएको जनाए । अमेरिकाको अक्सफोर्ड युनिभर्सिटिले पत्ता लगाएको फर्मुला अनुसार भारतले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा उदयपुरलाई २ हजार पाँच सय डोज खोप उपलब्ध गराएकोमा कम्तीमा एक हजार दुई सय जनालाई पु¥याउने लक्ष लिइएको स्वस्थ्य प्रमुख सुवेदीले बताए ।

एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । पहिलो पटक लगाएको एक महिनाको अन्तरालमा अर्को डोज लगाउनु पर्दछ । यो खोप १८ वर्ष मुनिका बालबालिका, सुत्केरी, गर्भवती र बच्चा जन्माउने तयारीको महिलाले लगाउन नहुने बताइएको छ । खोप लगाएको आधा घण्टासम्म चिकित्सकको निगरानीमा बस्नु पर्ने र त्यसका लागि तत्काल रेस्पोन्स गर्न निमित्त मेडिकल सुपरिटेडन मण्डलको संयोजत्वमा ६ सदस्यीय टोली गठन गरी तयारी अवस्थामा राखिएको जनाएका छन । स्वास्थ्य कार्यालयले आगामी शुक्रबारदेखि चौदण्डीगढी हुदै एक हप्तासम्ममा सबै पालिकामा अग्रपंतीमा खटिनेहरुलाई खोप लगाइ सक्ने योजना बनाएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिवन नगरपालिका वडा नम्बर ७ को पुन मतगणना गर्न आदेश