Friday, April 23, 2021
Home भर्खरै नेकपाका दुवै समूह आक्रामक रणनीतिमा

नेकपाका दुवै समूह आक्रामक रणनीतिमा

,

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूह आआफ्नै रणनीतिअनुसार आक्रामक रूपमा अघि बढिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूह प्रतिनिधिसभा विघटनको स्वागत गर्दै निर्वाचनको माहोल बनाउने गरी निर्वाचनको तयारीमा जुटेको छ ।

नेकपाकै दाहाल–नेपाल समूह प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा छ । सो समूहले प्रतिनिधिसभा विघटन गरी घोषणा गरिएको निर्वाचनलाई प्रतिगमनको संज्ञा दिँदै आएको छ ।

नेकपाको ओली समूहले शुक्रबार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छ । तर नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वासका साथ निर्वाचनको आवश्यकता नभएको भन्दै निर्वाचन प्रक्रिया नथाल्न र रोक्न आयोगसमक्ष लबिङ गरिरहेको जनाइएको छ ।

– ओली समूह चुनावी वातावरण बनाउन सक्रिय
– दाहाल–नेपाल समूह आन्दोलनमार्फत निर्वाचन रोक्न सक्रिय
– आफूहरू आधिकारिक नेकपा भएको नेम्वाङको दाबी

ओली समूहबाट आयोगका पदाधिकारीसँग शुक्रबार छलफलपछि नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले निर्वाचन आयोगगलाई दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाएर चुनावी प्रक्रिया थाल्न सुझाव दिएको बताए ।

नेम्वाङले भने, ‘दल दर्ता र निर्वाचन तयारीको विषयमा आज छलफल भयो, त्यसकै लागि हामीलाई यहाँ बोलाइएको थियो । नेकपा आधिकारिकताका विषयमा निर्वाचन आयोगले टुंगो लगाइसकेको छ । हामी नै आधिकारिक नेकपा हौं । अब निर्वाचनका लागि दल दर्ताको प्रक्रियामा गएर निर्वाचनबाटै सबै कुरा टुंगिन्छ ।’

अध्यक्ष र महासचिवको हस्ताक्षर चल्ने पुरानै नेकपालाई आयोगले मान्यता दिएकाले अब चुनावी प्रक्रिया अघि बढ्ने उनको जिकिर छ । ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन मितिको घोषणा भइसकेको छ । आउँदो १७ र २७ वैशाखमा दुई चरणमा निर्वाचन गर्ने घोषणा भएको छ ।

नेकपा ओली समूह अहिले निर्वाचनको तयारीमा जुट्दै गर्दा नेकपा दाहाल–नेपाल समूह प्रतिनिधिसभाको पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा छ । पहिलो र दोस्रो चरणको आन्दोलन गरिसकेको दाहाल–नेपाल समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ ।

सडकबाटै प्रधानमन्त्री ओलीलाई फाल्ने चेतावनी दिँदै आएको दाहाल–नेपाल समूहले जसरी पनि निर्वाचन रोक्ने प्रयास गरिरहेको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस जारी छ । उता आन्दोलनमार्फत प्रतिनिधिसभा पुनस्र्थापना गराउन दाहाल–नेपाल समूह दैनिक रूपमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

दाहाल–नेपाल समूहबाट छलफल गर्न आयोग पुगेका नेताहरूले शीर्ष नेताहरू राजनीतिक कार्यक्रममा उपत्यकाबाहिर रहेको भन्दै छलफल नै नगरी फर्किएका छन् । दाहाल–नेपाल समूहबाट आयोगमा नेताहरू राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान पुगेका थिए ।

नेता पोखरेलले आफ्नो अध्यक्ष स्वयं निर्वाचन आयोगले बोलाएको छलफलमा उपस्थित हुन चाहने भन्दै १८ माघ पछि छलफलको आयोजना गर्न प्रमुख निर्वाचन आयुक्तलाई पत्रमार्फत जानकारी गराएको बताए ।

दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि निर्वाचन हुने कि नहुने भन्ने अन्योल बढेको छ । तर निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशन र चुनावको हालसम्म भएको तयारीका सन्दर्भमा छलफल सुरु गरिसकेको छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ । झण्डै तीन...

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

सडक सुधार्न ध्यान नदिएको भन्दै स्थानियले गरे बन्द

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्धिचरण लोकमार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: निर्वाचनको तयारीमा बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता...

ट्रेन्डिङ

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो...

कर्णालीमा रात्रि प्रवेशमा रोक, पिसिआर रिपोर्ट अनिवार्य

कर्णाली । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश...

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

जनकपुरमा होली (फाेटाेफिचर)

जनकपुरधाम । रंग र अबिरको पर्व होली जनकपुरधाम सहित तराईका विभिन्न जिल्लामा मनाइदै छ । विहानैदेखि एक अर्कालाई रंग अबिर दलेर उत्सव मनाउने क्रम...

प्याराग्लाइडिङ दुर्घटनामा फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जा । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल...

घुम्दै फिर्दै टिमुरे

वरीपरी पहाड । बीचमा पानीपोखरी । मनोरम एवं आकर्षक दृश्य । गुल्मी चन्द्रकोट गाउँपालिका टिमुरे ताल पुग्ने जो कोहीको मन लोभिइहाल्छ । तालको जुनसुकै कुनाबाट...

हावाहुरीले विद्यालयको छाना उडायो, खुला चौरमा घामपानी सहदै विद्यार्थी

जुम्लाको । जुम्लाको दुर्गम मानिने तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्ती मा हावाले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । तातोपानी ७ ताम्तीको...

कोभिड–१९ : विश्वभर करिब २५ हजार व्यक्तिको मृत्यु, पाँच लाख ५० हजारमा सङ्क्रमण पुष्टि

पेरिस । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति...

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर

काठमाडौं ।  नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै...

सप्तरीमा एकैदिन स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण

सप्तरी । कोरोना संक्रमणबाट गत बिहीबार मृत्यु भएका राजविराज ६ निवासी ७३ वर्षीय एक व्यवसायीको सम्पर्कमा आएका १० जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि...

नमस्ते संस्कृति र कोरोना

‘नमस्ते’ संस्कृतबाट बनेको शब्द हो, जुन संस्कृत को ‘नमःंते ’ शब्दबाट लिएको हो, जसको अर्थ हो– जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति...

‘अबको ८ महिनामा धरहरा पुनःनिर्माण सकिन्न’

काठमाडौँ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)