Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ मनाङको आगो अझै नियन्त्रण बाहिर

मनाङको आगो अझै नियन्त्रण बाहिर

,

मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् ।

‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।’

रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो’, घलेले आफूहरुका बाध्यता सुनाए । ‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, उनले भने ।

ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताए । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरे । आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । आगो गाउँमा छिरेपछि पनि कतैबाट पनि सुरक्षा नपाएकामा आक्रोश व्यक्त गर्दै उनले भने, ‘प्रशासनले आगो लगाउने व्यक्ति पहिचान गर्न चासो देखाएन र अन्य सङ्घसंस्था पनि गम्भीर देखिएनन् ।’’

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गरिने बताए । ‘‘आगोको त्रासमा प्रशासन भयवित भएका जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको छ’, उनले भने । जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उनको भनाइ छ ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

माइली सार्वजनिक

काठमाडौं । दुई प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ भर्खरै मात्र सार्वजनिक भएको छ । गाउँले परिवेश, त्यसमाथि पनि घरपरिवारले नस्वीकार्ने...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा...

आइपीएलमा बेङलोरको लगातार दोस्रो जित

नयाँ दिल्ली । रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

ट्रेन्डिङ

अनिश्चितता र प्रशासन

अहिले विश्व कोरोनाको महामारीसँगै अनिश्चितताको भुमरीमा फनफनी घुमिरहेको छ । अनिश्चिततामा शासन सञ्चालन र सार्वजनिक सेवाप्रवाह कठिन हुन्छ । सबै सिर्जनाहरू रुमलिएका हुन्छन् ।...

तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी बाँडे

काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट...

लकडाउनको मौका छोपेर तस्करी गर्ने धमाधम पक्राउ

बर्दिया । लकडाउनको मौका छोपेर निकुञ्जमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा...

विदेशबाट फर्कनेलाई होटलमै महँगो शुल्क

काठमाडौं । सरकारले पाँचौं चरणको चार्टर उद्धार उडानमार्फत विभिन्न मुलुकबाट स्वदेश फर्कने कामदारलाई सात दिनसम्म राख्नका लागि निकै महँगो पर्ने गरी होटललाई क्वारेन्टिन बनाएको...

कोरोनाको कारण मनाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि कोरोना भाइरस...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

हिमवत् खण्ड र महादेवको महिमा

हिमवत् खण्ड नेपालको देवभूमि र धार्मिक स्थलको धरोहर हो । आदिशक्ति स्वरूपा महामाया र महादेवको उद्गम स्थलको रूपमा पहिचान भएको नेपाल विभिन्न देवीदेवताको वासस्थानसँगै...

सिटीको प्रतिबन्ध फुकुवा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था (यूईएफए)ले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउनेगरी लाएको प्रतिबन्ध फुकवा भएको छ । सिटीले...

बेहुली नलिई फर्कियो जन्ती

धादिङ । महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६...

पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

लमजुङ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले लमजुङको सरदमुकाम स्थित बेसीशहर नगरपालिकाकी पूर्वनासु तहकी एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाएको...

सार्वजनिक नीति तथा रणनीति

नीति भन्नाले के गर्ने या नगर्ने भन्ने पक्षलाई निर्धारण गर्ने निर्देशिका हो । यो कुनै कार्य गर्नलाई बनाइएको पूर्वनिर्धारित योजना पनि हो । नीतिले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)