झुण्डिएको अवस्थामा निलमको शव फेला

सप्तरी । राजविराज नगरपालिका ९ निवासी एक महिला आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । शनिबार बिहान ७ बजेतिर मलेठको कोलहट निवासी २७ वर्षिया निलमदेवी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको हो । उनको शव उनी सुत्ने कोठामा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शव आवश्यक प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी भुवनेश्वर साहले बताए । बिहान आङणमै रहेको चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी चुकुल लगाएर आत्महत्या गरेको स्थानियहरुको भनाई छ । चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी धेरै बेरसम्म बाहिर नआएपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर पाई पुगेको प्रहरी टोलीले भित्रबाट चुकुल लगाइएको थाहा पाएपछि ढोका फुटाउँदा निलम सिलिङ पंखामा कपडा बाँधेर पासो लगाएको अवस्थामा भेटिएका थिए । बैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेका उनका पति रामचन्द्र केही दिनअघि मात्र घर फर्केका थिए । स्थानियवासीका अनुसार अघिल्लो राती काम विशेषले बाहिर गएका उनी शनिबार घर पुग्दा पत्नि कोठाभित्र झुन्डिएको थाहा पाएका थिए ।

सप्तरीको रुपनी गाउँपालिका २ रायपुर माइती भएकी निलमको चारवर्ष अघिमात्र रामचन्द्रसँग विवाह भएको थियो । दुई सन्तानकी आमा निलमले कुनै चिन्ताका कारण अचानक आत्महत्याको बाटो रोजेको हुनसक्ने स्थानियले अनुमान व्यक्त गरेका छन् । यता माइतीपक्षले भने घटना रहस्यमय भएको भन्दै सोको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी