छलकपटमा बनाइको संविधानले देशमा समस्या : महन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टीक केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले छलकपटका कारण बनेको संविधानले गर्दा देश पटक पटक समस्यामा पर्ने गरेको बताएका छन् । आफू अनुकुल देशलाई प्रयोग गर्ने कार्य भइरहेसम्म यस्ता संकट आइरहने बताउँदै उनले भने ‘आज केपी ओली देशमा समस्या ल्याए भोलि अर्कोले ल्याउन सक्छ ।’

जनता समाजवादी पार्टी समर्थित नेपाल इन्जिनियर संघको राष्ट्रिय भेलाको जनकपुरधाममा उदघाटन गर्दै अध्यक्ष ठाकुरले संविधान संशोधन नै हाम्रो मूल मुद्दा रहेको बताए ।

जसपाका नेता राजेन्द्र महतोले मधेशीसंग पटक पटक सम्झोता गरेर खसवादी सरकारले ठगेको आरोप लगाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले देश शान्ति र स्थायी सरकारको आवश्यक्ता रहेको वताए । केपी ओलीले विश्वास गुमाइसकेको उनको भनाई थियो ।

नेपाल इन्जिनियर एशोसिएशनका अध्यक्ष भगवान झाको अध्यक्षतामा भएको सो समारोहमा जसपा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, एशोसिएशनका महासचिव दीपेन्द्रकुमार साह लगायतले बेलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल