Sunday, May 16, 2021
Home Breaking News काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव

,

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको छ । विभागले १ हजार ८६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ । केही दिनअघि भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।

विगत एक महिनादेखि भारतका विभिन्न राज्यमा बर्डफ्लु रोग देखा परेसँगै नेपालमा पनि यो रोगको जोखिम बढेको भन्दै रोग भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै निकायलाई सतर्क अवस्थामा राखिएको छ ।

भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले अनुरोध गरेको छ ।

यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गर्दै सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन भनेको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागले भनेको छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए ।

उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’
कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् ।

चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ । पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ । गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

साताका लोकप्रिय समाचार

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बन्द, थोक यथावत

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजारमा हुँदै आएको खुद्रा कारोबार र किसान बजार तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय कोरोना भाइरस...

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

धनगढी । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो,...

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका...

ट्रेन्डिङ

अस्पताल बनाउन भाडामा जग्गा

काठमाडौं । संघीय सकारले अस्पताल बनाउन आफ्नो जग्गा नहुने स्थानीय तहलाई भाडामा जग्गा दिने भएको छ । सरकारले ५ देखि १५ बेडका अस्पताल बनाउन...

पीएसजीले नेयमारलाई रिलिज गर्ने

पेरिस ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले विश्व फुटबलका आफ्ना महँगा ब्राजिली स्टार फरवार्ड नेयमार जुनियरलाई रिलिज गर्ने तयारी गरेको छ । पीएसजीका...

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि मंगलबार साँझ अस्पताल भर्ना भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री...

सुटिङ स्थगित गरेर सुरक्षातर्फ ए मेरो हजुर

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’ युनिटले शुक्रबारबाट छायांकन स्थगित गरेको छ । कोरोना भाइरस...

रिचार्जरले प्रयोगकर्तालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले जारी राखेको निषेधाज्ञालाई मध्यनजर गर्दै इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकलाई कोरोना संक्रमण भई अस्पताल...

शैक्षिक सत्र असार मसान्त पु-याऔं

विगत नौ महिनाको बदाबन्दीपछि सरकारले विद्यालय सञ्चालन कार्यढाँचा पारित गरेर पुसको पहिलो सातादेखि स्थानीय तहको समन्वयमा शिक्षालय सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।...

घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।...

दैलेखमा रुखबाट खसेर महिलाको मृत्यु

दैलेख । चौपायालाई घाँस काट्न गएकी एक महिला रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–४ डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको घास...

‘यसकारण लिम्पियाधुरा नेपालको हो’

काठमाडौं । सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा...

सामाखुशीमा ट्याक्सीमा आगजानी

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६स्३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजना ठप्प

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछि बहुचर्चीत मेलम्ची खानेपानी लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)