Monday, May 17, 2021
Home Editor-Picks तरकारी खेती गर्ने किसानलाई अनुदान, बजार स्थानीय सरकारले खोजिदिने

तरकारी खेती गर्ने किसानलाई अनुदान, बजार स्थानीय सरकारले खोजिदिने

,

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका–२लिसंखुका भिमबहादुर श्रेष्ठले यो वर्ष तीन रोपनी क्षेत्रफलको आफ्नो जग्गामा बन्दा र गोलभेडा लगाउने योजना बनाएका छन् । दुइ रोपनी जग्गामा बन्दा र एक रोपनी जग्गामा गोलभेडा खेतीका लागि कुल लागत ६० हजार ३ सय ८५ रुपियाँ लाग्ने स्टीमेट गाउँपालिकाका कृषि प्राविधिकहरुले गरिदिएका छन् ।

यस अघि पनि यस्तै तरकारी खेती गर्दे आएपनि भिमबहादुरले यसरी स्टीमेट नै गरेर भने गरेका थिएनन् । तर यो वर्ष स्टीमेट मात्रै गरेका छैनन् कुल लागतको केही प्रतिशत रकम गाउँपालिकाले भिमबहादुरलाई अनुदान पनि दिदैछ । त्यही अनुदानका लागि लागत अनुमान गरेर श्रेष्ठले हरियो तरकारी खेतीको सुरुवात गरेका हुन् । दुइ रोपनी जग्गामा बन्दा खेती गर्दा लाग्ने कुल रकम मध्ये गाउँपालिकाले उनलाई १३ हजार ७ सय ७० रुपियाँ अनुदानमा दिदैछ । तरकारी खेतीका लागि गाउँपालिकाले अनुदान दिने भएपछि भिमबहादुर उत्साही छन् र अनुदानको लागि आफुसँग भएको कागजपत्र बोकेर गाउँपालिकामा सम्झौताका लागि आएका छन् ।

लिसंखुपाखर गाउँपालिका–२ कै पुर्व गाविस अध्यक्ष समेत रहेका सम्लीत योञ्जनले तिन रोपनी क्षेत्रफलको जग्गामा हरियो खुर्सानी लगाउँदैछन् । गाउँपालिकाको कृषि शाखाका प्राविधिकहरुले उनले लगाउने खुर्सानी खेतीको लागि आवश्यक लागत तयार पारेका छन् । कुल लागत ६० हजार बढी भएपनि गाउँपालिकाले उनलाई पनि खुर्सानी खेतीका लागि २० हजार बढी अनुदान दिदैछ । गाउँपालिकामा अनुदान सम्झौता गर्न आएका पुर्व गाविस अध्यक्ष योञ्जनले भने ‘अहिले पनि खुर्सानी खेती गरिरहेको छु,अब गाउँपालिकाले पनि सहयोग गरेपछि व्यावसायीक रुपमा नै खुर्सानीको खेती गर्छु ।’

सोही वडाकी शान्तमाया श्रेष्ठले काउली,प्याज र खुर्सानी खेती एक÷एक रोपनीमा लगाउदैछिन् । तिन रोपनी जग्गामा हरियो तरकारी खेती गर्दा ६५ हजार ३ सय ६५ रुपियाँ लागत लाग्ने छ । यो रकम मध्ये ४७ हजार आफैले व्यहोर्न पर्ने छ भने १८ हजार ३ सय ६५ रुपियाँ गाउँपालिकाले अनुदान बापत प्रदान गर्देछ ।

संघीय सरकारले देशभरका स्थानीय सरकारहरुलाई विशेष अनुदान दिने गर्दछ,त्यो अनुदान पुर्वाधार,खानेपानी,सिञ्चाइ,कृषि लगायतका क्षेत्रमा हुने भएपनि लिसंखुपाखर गाउँपालिकाले भने तरकारी बाली विकासका लागि विशेष अनुदान माग गरेको गाउँपालिकका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

‘तरकारी खेतीबाट स्थानीयको जीवनस्तर सुधार गर्नका लागि हामीले २ करोड अनुदान माग गरेका थियौ’ अध्यक्ष नेपालले भने–‘यो वर्ष ५० लाख तरकारी खेतीका लागि अनुदान प्राप्त भएको छ ।’

पुर्वाधारका लागि मात्रै अनुदान लिदा स्थानीयको जीवनस्तरमा कहिल्यै पनि सुधार नभएपछि यो पटक आफुहरुले केन्द्रीय सरकारसँग तरकारी लगायत कृषि क्षेत्रका लागि अनुदान माग गरेको अध्यक्ष नेपालले बताए । गाउँपालिकाले केन्द्रबाट तरकारी बालीका लागि आएको अनुदान वितरणका लागि उपाध्यक्ष हेमगंगा मोक्तानको संयोजकत्वमा समिति बनाएर कार्यविधि बनाएर अनुदान वितरण गर्न लागेको अध्यक्ष नेपालले जानकारी दिए ।

‘अहिले पनि किसानहरुले आफ्नो बारीमा तरकारी खेती गरिरहेका छन् अब यसलाई अलि आधुनिक र प्रविधियुक्त बनाउनका लागि हामी अनुदान दिन्छौ’ अध्यक्ष नेपालले भने । घरमा खानको लागि मात्रै होइन बिक्री वितरण गरेर आयआर्जनका लागि समेत अनुदान प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौ अध्यक्ष नेपालले भने ।

न्युनतम ३ रोपनीमा खेती गर्नुपर्ने

गाउँपालिकाले तरकारी खेतीका लागि अनुदान प्राप्त गर्नका लागि कम्तीमा तीन रोपनी जग्गामा तरकारी खेती गर्नुपर्ने कार्यविधि बनाएको छ । दलित समुदायका लागि एक रोपनी मात्रैमा तरकारी खेती गर्न अनुदान दिन सकिने भएपनि अन्य समुदायले भने तीन रोपनीमा नै तरकारी खेती गर्ने प्रतिबद्धतापछि मात्रै अनुदान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए । तरकारी खेतीका लागि संघीय सरकारले अनुदान दिएपछि गाउँपालिकाले सबै वडामा गएर यसको बारेमा जानकारी गराएको र इच्छुक कृषकहरुलाई यसमा सहभागी हुन अनुरोध गरिएको दुलालले जानकारी दिए । ताजा तरकारी खेती गर्न २ करोड माग गरेपनि पहिलो वर्ष भएकाले ५० लाख मात्रै प्राप्त भएको उनले बताए ।

अनुदानका लागि एउटा वडामा कम्तीमा पनि ३० जनाको समुह गठन गरिएको र समुह मार्फत नै अनुदान दिने गाउँपालिकाले जानकारी दिएको छ । उक्त रकमबाट पालिकाले सातवटा वडामा समूह गठन गरेर २सय ४० जना कृषकसँग करिब ९६ लाख लागतका कार्यक्रम स्वीकृत गरेर कृषकहरु सँग सम्झौता गरिएको दुलालले जानकारी दिए ।
तीन रोपनी जग्गामा तरकारी खेती नगरे अनुदान नपाउने र यदि अनुदानको रकम लगेर दुरुपयोग गरे त्यस्ता किसानहरुलाई गाउँपालिकाले काले सूचीमा राखेर वडा तहदेखि नै सेवा सुविधा रोक्ने समेत कार्यविधि बनाएको गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तानले जानकारी दिइन ।

अनुदानको सही सदुपयोग होस भन्ने उदेश्यले अनुदानको रकम दुइ किस्तामा दिन लागेको उपाध्यक्ष मोक्तानले जानकारी दिइन । तरकारी खेतीका लागि यो वर्ष ५० लाख अनुदान प्राप्त भएपछि किसानलाई सहयोग पु¥याउनका लागि गाउँपालिकाले कृषि प्राविधिकहरु समेत थप गरेको छ ।

हामी किसानहरुलाई आवश्यक सबै प्राविधिक सहयोग गर्ने योजनामा छौ गाउँपालिका अध्यक्ष नेपालले भने–‘लिसंखुपाखर गाउँपालिकालाई ताजा तरकारीको ‘हब’ बनाउँछौ ।’ तीन रोपनी भन्दा बढी जग्गामा तरकारी खेती गर्नेलाई अनुदान समेत बढी पाउँने गाउँपालिकाले जानकारी दिएको छ । जति बढीमा खेती गर्छन्,त्यती नै बढी अनुदान किसानहरुले पाउँछन् अध्यक्ष नेपालले भने ।

ताजा तरकारी खेतीका लागि सात वडामा सात समुह गठन गरेको र यो वर्ष २ सय ४० जनाले अनुदान प्राप्त गर्नेछन् । किसानहरुले तरकारी खेती गर्न सजिलो होस भन्नका लागि गाउँमा भएका सिञ्चाइ योजनालाई पनि गाउँपालिकाले मर्मत सम्भार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।

तरकारी उत्पाद गर्नुहोस,बजारको चिन्ता नलिनुहोस

ताजा तरकारी खेतीका लागि गाउँपालिकाले किसानलाई अनुदान दिएपछि उत्पादित तरकारीलाई गाउँपालिकाले आफै बजारीकरण गर्ने भएको छ । गाउँपालिकाले सातै वडामा तरकारी संकलन केन्द्र निर्माण गर्ने र त्यहीबाट गाउँपालिका आफैले किसानहरुको तरकारी संकलन गरेर बजारसम्म लैजाने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अहिले हामी सातामा दुइ पटक तरकारी संकलन गरेर बजारमा लैजाने योजना बनाएका छौ,यदि तरकारी धेरै भयो र माग भयो भने दैनिक रुपमा नै तरकारी संकलन गर्ने छौ अध्यक्ष नेपालले भने–‘तपाँइहरु तरकारी उत्पादन गर्नुहोस,बजार हामी खोजीदिन्छौ ।’ गाउँपालिकाले आफैले गाढी लगायत बजारको समेत व्यवस्था गरेको अध्यक्ष नेपालले जानकारी दिए । किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रमा ल्याएपछि हामी हातहाती नै उहाँहरुलाई पैसा दिने गरेर योजना बनाएका छौ अध्यक्ष नेपालले भने ।

(Visited 212 times, 1 visits today)
Loading comments...

आजको समाचार

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

  ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

साताका लोकप्रिय समाचार

भीमेश्वर नगरपालिकाद्वारा कोरोना संक्रमितको निशुल्क उपचार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले कोरोनाबाट संक्रमित नगरभित्रका नागरिकलाई निशुल्क उपचार गर्दै पोषण र एम्बुलेन्स खर्च गरी दश हजार रुपैयाँ दिने निर्णय गरेको छ...

उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

ट्रेन्डिङ

पुवाखोला हाइड्रोपावरमा काम गर्ने कर्मचारीले २२ महिनादेखिको तलब पाएनन्

इलाम । पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवा सुविधा नदिएको गुनासो छ । इलाम नगरपालिका र देउमाई नगरपालिकाको...

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजेसम्म खोल्न पाइने

ललितपुर । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ । बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा...

‘उपचारमा धरौटी नलिनू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि...

गण्डकी प्रदेश ढकाल प्यानलको पक्षमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा देखिएको छ...

धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना

धनकुटा । धनकुटाका १७ औं कोरोना संक्रमित पनि निको भएर शुक्रबार अस्पतालबाट घर फर्किएका छन् । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटा–२ का ३२...

कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ । यो...

बायर्न लगातार आठौं सिजन च्याम्पियन

म्युनिख । जर्मन जाइन्ट बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेसलिगाको च्याम्पियन बनेको छ । लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्ने क्रममा बायर्नले मंगलबार...

खरका छाना विस्थापन गर्दै वालिङ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना विस्थापन अभियानको सुरुआत गरेको छ । नगरपालिकाको पाँचौं नगरसभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाइ...

काठमाडौं उपत्यकामा एकैदिन २५४० जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा २ हजार ५४० सङक्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा...

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट लिगको उपाधिका लागि शनिबार दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् ।...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)