Monday, May 17, 2021
Home Exclusive किस्ता नलिने सूचीबाटै ‘आउट’

किस्ता नलिने सूचीबाटै ‘आउट’

,

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यतालिकाअनुसार किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ ।

प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा समावेश भूकम्पपीडितलाई पहिलो किस्ता लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यस अवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत १५ पुससम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाइने बताएका छन् । अन्तिम पटकका लागि भनेर तोकिएको समय भएको भन्दै अब म्याद नथपिने उनले प्रस्ट पारे । यसअघि, लाभग्राहीमा कायम भई हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुनर्निर्माण गर्न इच्छुकले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराई १५ पुससम्म पहिलो किस्ता लिइसक्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्राधिकरणले २०७७ माघ मसान्तभित्र पहिलो किस्ता लिएका सबै लाभग्राहीले दोस्रो किस्ताका लागि स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिइसक्नुपर्ने जनाएको छ । प्राधिकरणले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीका लागि निजी आवास पुनर्निर्माण तेस्रो तथा अन्तिम किस्ता लिन २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि ७ लाख ९६ हजार २ सय ४५ अर्थात् ९९ प्रतिशतले पहिलो किस्ता लिएको जनाएका छन् । उनका अनुसार हालसम्म घर बनाइसक्ने र बनाउन सुरु गर्नेको संख्या ९१ प्रतिशत रहेको छ ।

प्राधिकरणले विभिन्न बहानामा झुक्याएर अनुदान लिएमा छानबिन हुने जनाएको छ । यसअघि, ६ लाखभन्दा बढी गुनासो प्राधिकरणमा आएको भन्दै उसले छानबिन अघि बढाउने भएको छ ।

प्राधिकरणले भूमिहीन लाभग्राही १२ हजार ७ सय ८८ को समस्या समाधान भई घर बन्ने सुनिश्चित भएको र १ सय ३० एकीकृत बस्ती बन्नेक्रममा रहेको जनाएको छ । प्राधिकरणले जोखिम वर्गका ज्येष्ठ नागरिक, अपांग, बालबच्चा, एकल महिलामात्र भएकालाई ५० हजार थप र प्राविधिक सहयोग दिएर पुनर्निर्माण अघि बढाएको छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

होटल सोल्टीबाट आईएचजी बाहिरियो, अब दी सोल्टी काठमाडौं

काठमाडौं । काठमाडौंको ताहाचलस्थित पाँचतारे होटल सोल्टी क्राउन प्लाजा र इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) बीचको सम्झौता सकिएसँगै अब यो हाटल नयाँ ब्रान्डबाट सञ्चालनमा ल्याउने...

सप्तकाेशीमा पानी जहाज चल्याे तर, कानुन बनेन

चतरा (उदयपुर) । सप्तकोशीमा सञ्चालित जल यातायातबाट यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उदयपुर र सुनसरीको बिच भएर बग्ने सप्तकोशी नदीमा निर्माण भएको...

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

ट्रेन्डिङ

दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा

नयाँ दिल्ली । भारतमा भइरहेको किसान आन्दोलनमा सहभागी भएको भन्दै गृहप्रशासनले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नजरबन्दमा राखेको छ । आम आद्मी पार्टीका कार्यकर्ताले मुख्यमन्त्री...

छोराद्वारा बाबुको हत्या

कञ्चनपुर । कञ्चनपुरमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा...

५६ खेलाडी परिवारलाई आईओएफटीसीको राहत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण...

श्रावण, दत्तात्रय र यौन शिक्षा

भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाभरि सोमबारका दिन मेला लाग्ने गर्दछ । यो मन्दिरमा विदेशी पर्यटक पनि धेरै नै आउने गर्दछन् । उनीहरूले दत्तात्रयलाई यौनक्रीडाका...

कर्णालीका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य

कर्णाली । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक...

सर्लाहीमा स्वास्थ्य संयोजकसहित ३ जना वडाध्यक्षमा पनि देखियो कोरोना

सर्लाही । सर्लाहीमा आज थपिएको कोरोना संक्रमितहरुमध्ये चार पालिकाको स्वास्थ्य संयोजक तथा अन्य स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । हरिपुर, कविलासी नगरपालिका...

सांसद पराजुलीलाई कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई...

बाढीपहिरोको कहालीलाग्दो शृंखला

काठमाडौं । यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य...

सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् । मंगलबार साँझ घरनजिकै गोठालो गएका...

नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन्...

अद्यावधिक नक्सा : स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ...

कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिनको १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको १४...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)