Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन शुरु

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन शुरु

,

काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।

गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

कारोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाटनै पठनपाठन अघि बढाएका थिए । एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिए ।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ । पुनःनिर्माणपछि सो विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलकोे जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् । नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अङ्ग्रेजीमाध्यममा पढाइ हुने गरेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो । भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । रु ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको थियो । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

साताका लोकप्रिय समाचार

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । मंगलबार राति भएको...

भीमेश्वर नगरपालिकाद्वारा कोरोना संक्रमितको निशुल्क उपचार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले कोरोनाबाट संक्रमित नगरभित्रका नागरिकलाई निशुल्क उपचार गर्दै पोषण र एम्बुलेन्स खर्च गरी दश हजार रुपैयाँ दिने निर्णय गरेको छ...

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

ट्रेन्डिङ

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै

काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच...

आज १७ जना थपिए, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमित आज बिहीबार १७ जना थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो । आज झापामा...

उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न

रसुवा । रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकामा ग्रामीण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा कालिका एड मिडिया सर्भिसले गत...

नेकपाकाे चुनाव चिन्ह र आधिकारिकता विवाद टुङ्गिन दुुई महिना लाग्न सक्ने

काठमाडौँ ।  नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि...

ठाटीकाँध गाउँपालिका अध्यक्ष र वडाविरुद्ध नारा जुलुस

दैलेख । कोभिड –१९ को संक्रमण फैलिन नदिन सरकारले चौथो पटक लकडाउन थपेको छ । लकडाउनमा एक वडादेखी अर्को वडा,एक गाउँपालिका /नगरपालिकादेखी अर्को नगरपालिका,...

सवारीसाधन सुरु बिन्दुबाटै फर्काइँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको...

जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना

काठमाडौं । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री...

अभिनेत्री लक्षित भिडियोप्रति कलाकार संघको आपत्ति

काठमाडौं । सीमा विवादका कारण नेपाल र भारतका ह्याकरबीच यतिबेला एक अर्काका देशका महŒवपूर्ण वेभसाइट ह्याक गर्ने प्रतिस्पर्धा चलेको छ । यसैक्रममा भारतीय ह्याकरहरूको...

सप्तरी काँग्रेसको बिवाद उत्कर्षमा

सप्तरी, राजबिराज । नेपाली काँग्रेस सप्तरी भित्रको बिवाद उत्कर्षमा पुगेको छ । सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई...

फुटेको २२ महिनापछि साझा र विवेकशीलबीच फेरि पार्टी एकता

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । अलग भएको २२ महिनापछि आज बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका...

बाइडेन र मूनबीच टेलिफोन वार्ता

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका...

पक्राउ गर्न रेस्क्यु डिभाइस प्रयोग, बाहिर निस्के अब यसरी नियन्त्रणमा लिइन्छ

काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्न ‘मल्टी फङ्स्नल एरेस्ट एन्ड रेस्क्यु डिभाइस’ प्रयोगमा ल्याएको छ । महानगरीय प्रहरी कार्यालयका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)