Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ संसद ‘पुर्नस्थापना’का पक्षमा कांग्रेसमा दुई धार

संसद ‘पुर्नस्थापना’का पक्षमा कांग्रेसमा दुई धार

देउवा नरम, पौडेल–सिटौला आक्रामक

,

काठमाडौं । सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक तथा अलोकतान्त्रिक कदम भनेको नेपाली कांग्रेस भित्र ‘पुर्नस्थापना’ का पक्षमा भने प्रष्ट दुई धार देखिएको छ ।

कांग्रेस भित्रको सभापति शेरबहादुर देउवासमूह केन्द्रीय समिति बैठकबाटै संसद विघटनलाई ‘असंवैधानिक तथा अलोकतान्त्रिक कदम’ भन्न मन्जुर भए पनि बैठकको निर्णयमा हालम्म ‘पुर्नस्थापना’ भन्ने शब्द राख्न तयार भएको छैन । सो समूह सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा नेताकार्यकर्तालाई परिचालित हुन निर्देशन गर्दै आइरहेको छ ।

तर, कांग्रेस भित्रको संस्थापन इतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको समूह भने ‘संसद पुर्नस्थापना’ को पक्षमा जोड बलका साथ लागि परेको छ ।

यसरी हेर्दा संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसको बैठकको निर्णय र नेताहरुका सार्वजनिक धारणाहरु नै पार्टीगत निर्णय भन्दा फरक फरक देखिन थालेका छन ।

कांग्रेसले एकातिर ‘संसद विघटनको विरोधमा’ भन्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहदेखि स्थानीय तहका वडासम्म विरोध कार्यक्रम गरिसकेको छ भने अर्का तर्फ निर्वाचन आयोगलाई निर्वाचनसँग सम्वन्धित काममा सघाउन भन्दै ७७ वटै जिल्लामा पत्राचारसमेत गरिसकेको छ ।

सभापति देउवा आफैं पार्टीले घोषणा गरेका विरोध सभामा सहभागी हुँदै आन्दोलनबाटै निर्वाचनको तयारी भइरहेको सन्देश दिंदै आइरहेका छन भने पछिल्ला दुई विरोध सभामा उनी सहभागी समेत भएका छैनन । तर, वरिष्ठ नेता पौडेल र सिटौला ‘संसद पुर्नस्थापना’ नभए संविधान नै विघटन हुने खतरा बढेको भन्दै विरोध सभाहरुमा आक्रामक रुपमा प्रस्तुत पुगिरहेका छन ।

शनिबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस पहिले संसद पुर्नस्थापनाको पक्षमा उभिने र पुर्नस्थापनापछि मात्रै निर्वाचनको तयारीमा लाग्ने बताए ।

उनले लोकतन्त्र, संविधान र राष्ट्र जोगाउँने दायित्व कांग्रेसको भएको बताउँदै कांग्रेस संविधान जोगाएर मात्रै निर्वाचनको पक्षमा अघि बढ्ने बताए । पौडेलले संसद पुर्नस्थापना नुहँदासम्म आन्दोलन नरोकिने समेत दाबी गरे ।

यसैगरी नेता सिटौलाले शुक्रबार राजधानीमा आयोजना गरिएको विरोध सभाका क्रममासमेत संसद पुर्नस्थापना नभए संविधान नै विघटन हुने भन्दै संविधानलाई विघटन हुनबाट जोगाउने दायित्व कांग्रेसको नै भएकाले संविधान जोगिए व्यवस्था जोगिने जिकिर गरेका थिए ।

तर कांग्रेस सभापति देउवा र उनी निकट नेताहरु भने ‘पुर्नस्थापना’ भन्ने शब्द नै उच्चारण नगरी विरोध सभाहरुलाई सम्बोधन गर्दै आइरहेका छन ।

कांग्रेसले गत १३ पुसयता संसद विघटनको विरोधमा विरोध प्रदर्शन तथा सभाहरु गर्दै आइरहेको छ । कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तह र ८ माघमा स्थानीय तहका ६ हजार ७ सय ४३ वडाहरुमा संसद विघटनलाई असंवैधानिक तथा अलोकतान्त्रिक कदम भन्दै विरोध सभा आयोजना गरेको थियो ।

पछिल्ले समय १३ माघमा बसेको केन्द्रीय समितिमार्फत कांग्रेसले भातृ संस्था, सुभेच्छुक संस्था र ७७ वटै जिल्लामा विरोध सभा गर्ने गरी कार्यक्रमसमेत घोषणा गरेको छ । जसअनुसार १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

साताका लोकप्रिय समाचार

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

गुरुङ फेरि मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले १६८ (३)अनुरूप संसद्मा ठूलो दलको हैसियतले एमाले संसदीय...

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

ट्रेन्डिङ

राजस्व नतिर्नेमाथि कडा कारबाही अत्यावश्यक

सरकारले पछिल्लो समयमा राजस्व छली गर्नेमाथि कारबाही प्रक्रिया थालेको छ । तर, पनि राजस्व छली गर्ने र समयमा राजस्व नबुझाउने क्रम रोकिन सकेको छैन...

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय...

५० प्रतिशत कर छुट दिन होटल संघको माग

काठमाडौँ । कोरोना माहामारीले थला परेका होटल क्षेत्रले पूर्नउत्थाका लागि आगामी २ वर्षको लागि करमा ५० प्रतिशत छुट व्यवस्था हुनपर्ने माग गरेका छन् ।...

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बिमा

काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरूको कोरोना बिमा गरिदिएको छ । वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक...

सार्कमा सराहनीय पहल

श्रीमननारायण चीनको वुहानबाट फैलिएको कोरोनाको महामारीले पुरै विश्वलाई आतंकित बनाएको छ । यो भाइरसविरुद्ध लड्न विश्वका सबै देश सक्दो प्रयास गरिरहेका छन् । महामारी आफंैमा...

मनमायाको हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ

खाँदबारी । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न...

‘फेक’ पत्रकारिताको नाममा घृणाको व्यापार

काठमाडौं । भारतीय सञ्चार माध्यमले पत्रकारिताबाहेक सबै गर्छन् भन्ने विश्वव्यापी भनाइ पुनः प्रमाणित भएको छ । खबरमा हुनुपर्ने वस्तुनिष्ठता, निष्पक्षता र विश्वसनीयताभन्दा बाहिर गएर...

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको...

काग्रेस र महाधिवेशनको अन्योलता

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो पार्टीको नियमित महाअधिवेशन समयमा सम्पन्न गर्न नसक्ने अवस्था देखिएको छ । यही ७ फागुन...

सर्लाहीबाट आएको तरकारी र गाडी नियन्त्रणमा

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बैशाख ३ गतेदेखि लागु हुने गरी जिल्ला बाहिरबाट तरकारी, फलपूmल, माछा मासु तथा खाद्यान्न आयातमा एक साताका लागि...

एमसिसी सम्झौता नेपालको लागि खतरा: अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)