म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ, सेनाले पुनः ‘कू’ गरेको आशंका

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले पक्राउ गरेको छ । सेनाले ‘कू गर्न सक्ने अनुमान भएकै बेला नेतृ सुकीलाई आज विहान पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका हुन् ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।

सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो । सेनाले नेतृ सुकी र राष्ट्रपति उइन मिन सहितका प्रमुख व्यक्तिलाई पक्राउ गरेपछि राजनीतिक संकट र अन्यौल बढेको बताइएको छ । गत आम निर्वाचनमा नेतृको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र