Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३आदिवासी मिडियालाई फरक सूचिकरण गरिनुपर्ने

आदिवासी मिडियालाई फरक सूचिकरण गरिनुपर्ने

,
sharethis

काठमाडौं । सामुदायिक रेडियोका अभियन्ता तथा सञ्चारकर्मीहरुले आदिवासी मिडियालाई फरक ढंगले मान्यता दिनुपर्ने धारणा राखेका छन् । आदिवासी जनजाति सञ्चालक रहेको सामुदायिक रेडियोहरुको सञ्जाल इन्डिजिनियस कम्युनिटि रेडियो नेटवर्क (आइसिआरएन)ले राजधानीमा आयोजना गरेको सञ्चार नीति तथा कानूनमा आदिवासीका सरोकार विषयक एक दिवशीय राष्ट्रिय परामर्स गोष्ठीमना क्रममा विभिन्न बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा अवधाराणगत प्रस्तुति दिँदै सञ्चारकर्मी कुमार यात्रु (तामाङ)ले विगतमा आदिवासीहरुले बिभिन्न खाले सञ्चारसंस्था खोले पनि राज्यका नीतिहरु सकारात्मक नभएकै कारणले असफल भएको बताए । उनले सूचना तथा प्रसारण विभागमा ५ सय बढी पत्रपत्रिका आदिवासीका भाषामा प्रकासन गर्ने गरी दर्ता भएको भएता पनि थारु, नेवा, तामाङ, वान्तवा राई, लिम्बू र वाम्बुले भाषाका सीमित पत्रिकाले मात्र नियमित हुन सकेको तथ्याँक प्रस्तुत गरे । त्यसरी नै रेडियो, टेलिभिजन तथा अनलाईन तर्फ पनि आदिवासीहरुको संस्थागत प्रयास भईरहेको भएता पनि नीति र कानूनमा अन्तराष्ट्रिय मान्यता विपरित विभेद रहेको बताए ।

सामुदायिक रेडियोहरुको बिश्व संगठन( (अमार्क) का एशिया प्रशान्त क्षेत्रीय संयोजक सुमन बस्नेतले सामुदायिक रेडियोको स्वामित्व समुदायले लिनु पर्ने बिचार राखे । नेपालमा सनमुदायिक रेडियोहरु गैह्रसरकारी संस्था, सहकारी र पत्रकारको हातमा रहेको टिप्पणी गर्दै सामुदायिक रेडियोको छलफल गर्दा समुदायको हितका बारे छलफल गरिनु पर्ने सुझाव दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

नेपाल आदिवासी जनजाति महांसंघकी सचिव सोनाम याङकी मुगालले आदिवासीको प्रथा, परम्परा र ज्ञानको संरक्षणका लागि आदिवासी मिडियालाई सशक्त बनाउनु पर्ने टिप्पणी गर्नु भयो । सूचना र शिक्षाका सम्बाहक मिडियाहरु राज्यको पक्षमा नभै समुदायको हुनुपर्ने भनाई उनको थियो ।

यसरी नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मनोज घर्ती मगरले राष्ट्रिय आम सञ्चार नीति आदिवासीको पक्षमा भएर पनि कार्यन्वयनमा आउन जसकेको र नेपालका मूलधारका सञ्चार माध्यमहरु समावेशी हुन नसकेको बताए ।

इन्डिजिनियस कम्युनिटि रेडियो नेटवर्क (आइसिआरएन) का अध्यक्ष जगत दोङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेटवर्कका महासचिव श्रीकृष्ण महर्जनले अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ र आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्ट् संघीय घोषणा पत्र (युएनड्रिप) को भावना बमोजिम आदिवासी मिडियाको मान्यताका लागि आह््वान गरे ।

टेलिभिजनकर्मी रोजिना लामाले सञ्चालन गरेको कार्यक्रममा नेटवर्कले बिभिन्न जिल्लामा गरेको अन्तरक्रिया कार्यक्रमको भिडियो प्रस्तुत गरिएको थियो । सामुदायिक रेडियोहरुको प्रतिनिधि र आदिवासी अधिकारकर्मीहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया

(Visited 196 times, 2 visits today)

आजको समाचार

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

साताका लोकप्रिय समाचार

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे सुप्रबल जनसेवाश्री’ विभूषण

  काठमाडौं । न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

ट्रेन्डिङ

बन्दैछ रानी पोखरी (फोटो फिचर)

काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरसको आतंकले नेपाल पनि अछुतो रहेको छैन । कोरोना भाइरस आतंकले नेपालमा सञ्चालित ठूला आयोजना करिव ठप्प अवस्थामा छन्...

सिद्धार्थ बिजनेस ग्रुप र सिटिजन्स बैंकबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)