Thursday, August 5, 2021
Homeअर्थराष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

,
sharethis

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर मूल्य उच्च भएका दुई कम्पनी राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिदिएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबार विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो ।

धितोपत्र ऐनअनुसार कामकारबाही नगरेपछि यी दुई कम्पनीको सेयर कारोबार रोकिएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए । साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रूपमा बुझाउनुपर्ने वित्तीय विवरणसमेत बुझाउन सकेको छैन । लामो समय साधारण सभा गर्न नसकेका यी दुवै कम्पनी नेपाल सरकारको लगानी रहेका कम्पनी हुन् ।

यसमा पनि राष्ट्रिय बिमा कम्पनीले लामो समयदेखि धारणा सभासमेत गराउन सकेको छैन । हरेक वर्ष साधारण सभा गरेर लेखापरीक्षण प्रतिवेदन पारित गराउनुपर्नेमा यो कम्पनीले विगत आठ वर्षदेखि साधारण सभा नै गरेको छैन । यद्यपि, यसको सेयर मूल्य आयतबारसम्म मात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ ।

राष्ट्रिय बिमा कम्पनीको सीईओ डिल्लीराज अर्याल हुन् । उनी अर्थ मन्त्रालयमा कार्यरत कर्मचारी भए पनि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको पावर लगाएर कम्पनीको सीईओमा नियुक्त भएका थिए । राजनीतिक पहुँच दह्रो भएका उनले नियामक निकाय बिमा समितिको निर्देशनसमेत अटेर गर्दै आएका छन् ।

लापर्बाही अति नै भएका कारण बाध्य भएर सेयर कारोबार रोक्का गर्नुपरेको नेपाल स्टक एक्सचेन्जका सीईओ साउदले बताए । धितोपत्र ऐन नियमअनुसार उसले काम कारबाही गर्नुपरेको र वित्तीय विवरण बुझाउनुपरेको जानकारी गराउँदै साउदले भने, ‘यसको बोद्धार्थ धितोपत्र बोर्डलाई पनि दिएका छौं, ऐनअनुसार काम नगरीकन फुकुवा गर्दैनौं ।’

धितोपत्र सूचीकरण नियमावलीको विनियम २०७५ को विनिमय (२२) (१) (क)मा भएको व्यवस्थाबमोजिम सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र पेस गर्नुपर्छ भन्ने व्यवस्था रहेको छ । नेप्सेले यी दुवै कम्पनीलाई लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पठाउन भने पनि नपठाएको भन्दै रोक्का गरिएको बताएको छ ।

(Visited 158 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

मेलम्चीले सात घर बगायो

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर...

झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल

  काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

ट्रेन्डिङ

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

सिन्धुपाल्चोकमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बा गाँउमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)