स्वरोजगार बन्दै कोभिड प्रभावित तथा विपन्न परिवार

रौतहट । कोरोनाको महामारीले बन्द हुन लागेको चन्द्रपुर नगरपालिका वडा नं. ८ संन्तपुरकी मन्जु देवीको तरकारी पसलमा अहिले फेरि चहल पहल उत्तिकै बढेको छ । कोभिड प्रभावित व्यक्ति तथा बिपन्न परिवारलाई स्वरोजगार बनाउने उदेश्यले युएसआइडी नेपाल र तयार नेपालको सहयोगमा सोडेक नेपालले उनलाई ससर्तमा मन्जु देवीलाई नगद सहयोग गरेपछि उनको व्यापार फेरि फस्टाएको हो । तयार नेपालले मन्जु देवीलाई तरकारी पसलबाट बिस्थापन हुन नपरोस भन्दै ३२ हजार रुपैयाँ सहयोग गरेको थियो । सोही रकमले उनी अहिले तकारी पसल नियमित गर्न सफल भएको बताउँछिन् ।

यस्तै सोही गाउँका रोहित चौधरी पनि विदेशबाट पलायन भएर आएका युवक हुन् । नेपाल आएपछि तयार नेपालकै सहयोगमा पाएको रकमले बाख्राको खोर बनाएर ब्यबसायिक रुपमा बाख्रा पालन तर्फ लागेका छन् । यी त केही उदाहरणहरु मात्र भए । विश्व महामारीको रुपमा फैलँदै गएको कोभिड १९ कारण धेरै मानिसहरु विस्थापित भए । जुन विस्थापित हुने रोगले रौतहट जिल्ला पनि अछुतो रहेन । लामो समयदेखि देशमा भएको लकडाउनले धेरैले आफनो रोजीरोटी नै गुमाउनु परेको थियो भने धेरैले व्यापार व्यवसाय नै बन्द गर्न बाध्य भएका थिए । कोभिडको शुरुवातीमा एक समय नेपालमै सबै भन्दा बढी कोरोना संक्रमित भएका थिए । छिमेकी मुलुक भारतमा काम गर्न गएकाहरु बढी कोभिडबाट प्रभावित भएका थिए ।

जुन समयमा लकडाउनको कारण खासगरी बिपन्न, दलित तथा महिलाहरु नै बढी प्रभाबित भएका थिए । युएसआइडी र तयार नेपालको आर्थिक सहयोग तथा सोडेक नेपालको आयोजनामा संचालित कोभिड १९ बाट प्रभावितहरुको लागि आर्थिक पुर्नलाभ कार्यक्रम संचालन गरेको तयार नेपालका रौतहट प्रतिनिधि उमाशंकर यादबले जानकारी दिएका छन् ।

कोभिड १९ बाट प्रभावितहरुको लागि आर्थिक पुर्नलाभ कार्यक्रम अन्र्तगत कामका लागि नगद कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं २ मा खसी , बोका र दुध संकलन केन्द्र भवन निर्माण गर्नको लागि तयार नेपालले सहयोग गरेको यादबले बताए । चन्द्रपुर नगरपालिकाको वडा नं. २, ८ र १० का जम्मा २०९ जनाले २० दिनसम्मको काम गर्ने अबसर पाइ आर्थिक पुनलाभको फाइदा लिएको तयारका रौतहट प्रतिनिधि यादबले जानकारी दिए ।

कामको लागि नगद कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिका वडा नंं २ रैयाटोलमा दुध संकलन केन्द्र भवन निमार्ण गर्न २६ जना जनशक्ति परिचालन गरिएको थियो । यस्तै चन्द्रपुर नगरपालिका वडा नं. ८ मा पनि आफनै गाउको कुलो निमार्ण गर्नको लागि ८० जनालाइ स्वरोजगार दिइएको यादबले जानकारी दिए । यस्तै वडा नं. १० बिनुवाटोलमा १ सय ३ जना जनशक्ति कुलो मर्मतकै लागि परिचालन गरिएको थियो । उनीहरुले आफनै गाउँमा शिप मुलक कार्य गरे बापत दक्ष कामदारलाई प्रतिदिन ८ सय ५० र अदक्ष (लेबर) लाई प्रतिदिन ६ सयको दरले २० दिनको ज्याला स्वरुप आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

कोभिड प्रभावित तथा बिभिन्न क्षेत्रबाट पछाडी परेकाहरुलाइ मात्र उक्त कार्यक्रममा समाबेश गरेको उनको भनाइ छ । यस्तै गरी चन्द्रपुर नगरपालिकामा नै बिभिन्न पेशा गर्दै आएका तर पेशाबाट विस्थापन हुन लागेका २ सय २१ जनालाइ तयार नेपालले सर्सत अनुदान पनि सहयोग गरेको छ ।

एकल महिला, अपांग, कोभिड प्रभावित व्यक्ति, दलित, जनजाति तथा विदेशबाट फर्किएकाहरुलाई जनही ३२ हजारको दर ससर्त अनुदान सहयोग गरेको समेत तयार नेपालमा कार्यरत कर्मचारी कोपिला तिमलसिनाले जानकारी दिएकी छिन् । तरकारी खेती, बाखा्र पालन, मासु माछा पसल लगायतको क्षेत्रमा कार्यरत विपन्न परिवारलाई सहयोग गरेको तिमलसिनाले बताइन् । चन्द्रपुरको वडा नं. १, ५, ८,९ र १० का बिपन्न परिवारलाइ स्वरोजगार बनाउने उदेश्यले यस्तो योजना ल्याएको उनले बताइन् ।

चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष जयराम चौधरीले तयार नेपालको कार्यक्रमबाट आफना वाडबासीमा खुशी ल्याएको बताए । आफनै कुलो मर्मत गरेर उल्टै आफनै वडाबासीले पैसा पाउदा स्थानिय हर्षित भएको वडा अध्यक्ष चौधरी बताउँछन् । छोटो समयमा राम्रो काम गरेर गएको र यस्ता गैर सरकारी संस्था यदी दिगो रुपमा बस्ने हो भने भोलि समाज सम्बृद्ध हुन कुनै समय नलाग्ने वडा अध्यक्ष चौधरीको प्रतिक्रिया छ ।

तयार नेपालको कोभिड १९ बाट प्रभावितहरुको लागि आर्थिक पुर्नलाभ कार्यक्रमबाट वास्तविक लक्षित वर्गले फाइदा लिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले प्रक्रिया दिएका छन् । कोभिड प्रभाबितहरुको केही हदसम्म मलमपटी लगाउने काम भएको नगर प्रमुख चौधरीले बताए । यस्ता कार्यक्रमले दिगो रुपमा योजना ल्याएर काम गर्न सके अझ पुर्ण प्रभाबकारी हुने नगर प्रमुख चौधरीको भनाइ रहेको छ । छोटो समयमा पनि काम तल्लो लक्षित वर्गसम्म पुगेको उनको धारणा छ ।

यस्तै चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले तयार नेपालले महिलालाई स्वरोजगार मुलक बनाउने कार्यक्रम ल्याएको प्रतिक्रिया दिएकी छिन् । विपन्न परिवारका बेरोजगार महिला दिदी बहिनीहरुलाई आर्थिक रुपमा सबल बनाउन तयार नेपालले सकरात्मक भुमिका निर्वाह गरेको उप-प्रमुख चौधरीको भनाइ छ । महिला हिंसा नियन्त्रण तथा बढदो बलत्कारका घटनाहरुको न्यूनीकरणतर्फ पनि यस्ता संस्थाको ध्यान जान अति जरुरी भएको उप प्रमुख चौधरीले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै