जलवायु परिवर्तनको समस्या यथावत्

हरेक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसको रूपमा मान्ने गरिन्छ । गत वषर््ा सिमसार र जैविक विविधता भन्ने नाराका साथ सिमसार दिवस मनाइएकोे थियो । समान्य अर्थमा सिमसार भन्नाले पानीले भिजेको, पानी भएको जमिनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दल दल क्षेत्र, धानबालीका लागि उपयुक्त स्थान, भूमिगत जलस्रोत, वर्षामा पानी बढ्ने प्राकृतिक वा मानव निर्मित स्थायी वा अस्थायी पानी जमेको, बगेको, नदीबाट प्रभावित, धापिलो, दलदल, ताल, जलाशय वा भनौं कृषि भूमिसमेतलाई सिमसारको रूपमा हेर्ने चलन छ ।

रामसार महासन्धिले भनेअनुसार सिमसार भनेको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, जमेको वा बगेको, नुनिलो वा स्वच्छ पानीले ढाकेको जमिन हो । नेपालमा कृषियोग्य भूमि प्रशस्त भए पनि खासमा सिमसार भूमि भने तराई, पहाड, हिमाल गरी अन्तर्राष्ट्रिय महŒव बोकेको सिमसार भूमि कुल भूमिको ५ प्रतिशत मात्र रहेको बुझिन्छ । यसरी हेर्दा यहाँ सिमसारले ओगटेको क्षेत्र करिब ६० हजार ५६१ हेक्टर छ । नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएपछि कोसी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल, राराताल, से–फोक्सुन्डो ताल, माई पोखरी, गोसाइँकुण्ड, पोखरामा रहेका विशेष नौ वटा तालको समूहसमेत जोड्दा रामसार सूचीकृत सिमसार क्षेत्रको संख्या १० नाघेको देखिन्छ ।

सन् १९९७ मा रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेब्रुअरी २ लाई संस्मरण गर्दै सिमसार दिवस मनाउने गरिएको हो । सन् १९९८ देखि हरेक वर्ष नयाँ नाराका साथ मनाउने पनि गरिएको छ । नेपालमा राष्ट्रिय सिमसार नीति २०१२ पाँच वर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अगुवाइमा सिमसार संरक्षणको प्रयास भइरहेको देखिन्छ । सिमसारमा आउने परिवर्तनलाई विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडेर पनि हेर्ने गरिएको छ ।

विगत केही समयदेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । प्राकृतिक स्रोतको अधिकतम दोहन भएको छ, जसले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएको छ, सुख्खा क्षेत्रको वृद्धि भएको छ । पानीको अभावमा कृत्रिम पानीको व्यवस्थापन सजिलो छैन । नेपालमै राम्रो मानिने चितवन राष्ट्रिय निकुञ्जमा समेत हाल ५८ वटाभन्दा बढी कृत्रिम तालहरू बनेका देखिन्छन्, सिमसार क्षेत्रमा आएको ह्रासकै कारण त्यहाँ एक सिंगे गंैडाका लागि घोेलको अभाव देखिन्छ । नेपालमा सिमसार क्षेत्रमा १ सय ७२ भन्दा बढीका लोपोन्मुख प्रजातिका वनस्पति र प्राणीहरू रहेका छन् । हाल नेपालमा स्थायी र अन्यत्रबाट बसाइँ सरी आउने जलपक्षीको संख्या सिमसार क्षेत्रको विनाशकै कारण घटिरहेको छ ।

चितवन मात्रै होइन पर्सा, बाँके, शुक्लाफाँटालगायत, काठमाडौंको टौदह, चोभार, चराकै स्वर्ग मानिने सुनसरीसमेतमा पानीको अभाव भएको छ । काठमाडौंको टौदह चोभारमा सुख्खा बन्दरगाहको चर्चा छ भने नेपालको पूर्वीक्षेत्र गुराँसको राजधानी हो । राष्ट्रिय गौरवको आयोजना भन्दै कोसी कोरिडरमा विद्युत् प्रसारण लाइनअन्तर्गत ८ हजारको संख्यामा त्यसक्षेत्रमा रुख कटान हँुदा समस्या थपिएका छन् । विकासले विनाश निम्त्याउनु हुन्नथ्योे । सिमसार, जलवायु र मानव सभ्यतालाई धावा बोलिनेगरी निम्ता गरिएको विकासले मानवलार्ई कहाँ पु-याउँछ ?

प्राकृतिक स्रोतको अधिकतम दोहन भएको छ, जसले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएको छ, सुख्खा क्षेत्रको वृद्धि भएको छ

सुनसरीमा औद्योगिक र मानव अतिक्रमणका कारण कोसी टप्पु क्षेत्र साँघुरिएको छ । त्यहाँको जगदीशपुर तालमा हरेक वर्ष २५ हजारभन्दा बढी जलपक्षी विचरण गर्न आउँथे भने गत वर्ष केवल १७ हजारको तथ्यांक बाहिर आयो । बाघ, गैंडा, हात्ती, अर्नाजस्ता ठूला जनावरका लागि पानीको आपूर्ति भइरहनुपर्ने र निरन्तर त्यहाँ चिस्यानको आवश्यकता पर्छ । गर्मीमा तिनीहरू घोलमा खेल्ने गर्छन् । प्रशस्त पानी भएको र हरियाली भएकै स्थानमा पाटे बाघले आप्mनो बासस्थान बनाउँछ ।

सिमसार भनौं नदी, वन, जलाशयको अतिक्रमणकै कारण आज मानव आक्रान्त बनेको छ । ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ आज आम मानव । अधिक कार्बनको उत्सर्जनले कडा रोगको उच्च जोखिममा पनि छ । मानव सभ्यताको इतिहास लामो अर्थात् ५५ करोड वर्ष नाघिसकेको छ । ढुंगेयुगको मान्छे आजको विकास क्रममा आइपुग्नु चानचुने कुरा होइन, साँच्चै भन्ने हो भने मान्छे पहिले फिरन्ते अवस्थामा नै थियो ।

जबजब मानवले बस्ती बसाउँदै आयो, उसले आपूmलाई नदी, जलाशय, खोलानालाकै छेउछाउ मन परायो । इन्दस नदीको ’round हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोला नाला, जलाशय ’roundबाटै सुरु भएको देखिन्छ । विश्व प्रसिद्ध सहर न्युयोर्क, लन्डन, संघाई, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य सहर नदी, खोला, सागर छेउछाउ नै छन् अहिले पनि ।

नेपालको राजधानी काठमाडौं सहर बस्ती बस्नुपूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाई सहर बसालेको इतिहास छ । भनिन्छ, पानीको स्रोत मनपर्ने नेपालका अधिकांश क्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् । काठमाडौं उपत्यका मात्र होइन, हाम्रा ठूला भनिएका मुख्य सहर भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर बट्टार, जोमसोम, नारायणघाट, बुटवल, बेनी, महेन्द्रनगर सहर सबैजसो नदी खोला सिमसार क्षेत्रनजिकैै रहेका छन् ।

कार्बन उत्सर्जनको प्रमुख कारक मानिस नै हो तर प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदी खोला नालाले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ । विश्व खाद्य संगठन भन्छ, माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ । जल, जमिन, वन, ऊर्जालाई खलल पु¥याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार नगरी सुखै छैन । प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ । तर, मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ, हिजोआज । संसारकै प्रसिद्ध मुलुकमा बढी चिसोका कारण मानिसको अवसान भएको छ ।

विगतमा माइनस ७० डिग्रीको सेल्सियस अमेरिकामा र अस्टे«लियामा प्लस ४७ डिग्री सेल्सियस तापक्रमको खबर बाहिर आयो । प्लस ४७ डिग्री सेल्सियसको कथा व्यथाले के पूर्व के पश्चिमा मुलुक सबैतिर सकस भइराखेको अवस्था छ । मान्छेले थाहै नपाएको कोरोना भाइरस रोगले २० लाखलाई निलेको छ, यो वर्ष मात्रै । यो कहालीलाग्दो विरह व्यथा हो ।

पानी प्रदूषित हुनुमा, पानिमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्बन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमिनले, नदी, सिमसारले कार्बनलाई सोसेर लिन्छ । कार्बन अक्साइडकै कारण आज मानव कडा रोगको उच्च जोखिममा छ । सबैभन्दा बढी कार्बन सोसेर लिने वन नै हो । वन, नदीनाला, सिमसारक्षेत्रको अतिक्रमणले मानव आफैं मृत्युको मुखमा परिरहेको छ । ताल, नदी, इनार, खोला , वन, जलाशयको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो ।

तर, हामीकहाँ राजनीतिक धन्दा बढी छ । नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत ०.०६ डिग्री सेल्सियसले बढेको छ । अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ । विश्व जनसंख्याको ०.४ प्रतिशत मात्र नेपालमा बस्छन्, विश्वको कुल हरितगृह ग्याँसको करिब ०.०२५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ । विगत एक शताब्दीमा नेपालको उच्च भूभाग हिमाली क्षेत्र सगरमाथाको हिमभाग ३ सय ३० फिट गलेको छ । फलस्वरूप नयाँ हिमतालको निर्माण हुन गएको छ भने यसै शताब्दीको अन्त्यमा नेपालको नदी नालाहरूमा पानीको बहाव भारी मात्रामा घट्नेछ । पानीको बहावको कमीकै कारण भोलिको दिनमा ऊर्जा संकट थपिने सम्भावना बढी छ ।

यसै पुसमा काठमाडौंमा देखिएको वायु प्रदूषण निकै कहाली लाग्दो थियो । नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भएको छ । गत वर्षको वर्षाले गरेको ताण्डव नृत्य थाहै छ, योपटक हिउँदमा पानी नै परेन । लामो समय खडेरी पर्ने वा तीव्र वर्षा हुनेक्रम छ । सक्नेले भूमिगत पानी तानेको तान्यै छन्् । अहिले रात र दिन दुवैमा चिसो कम छ । खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरू पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार बढ्दै छ । जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । हिजोआज भूस्खलन, बाढी, पहिरोजस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएको छ । तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्यसमेत हामीकहाँ छैन । जलवायु परिवर्तन ’boutको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न जानेनौं हामीले । यस’bout प्रगति धिमा गतिमा छ ।

२००९ देखि मात्र मुलुकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एजेन्डा प्रयोगमा ल्याएको हो । अन्तरिम योजना २०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको हो । दिगो विकास एजेन्डा २०५९ र सहस्राब्दी विकास लक्ष्य २०५८ ले पनि सम्बोधन सम्मचाहिँ गरेको हो । वायुमण्डलमा जलवायु परिवर्तन नियमित प्रक्रिया हो । तथापि उद्योग क्षेत्र र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको हो । वनविनाश, मानवबस्तीको विकास, सहरीकरण, हरित ग्याँसको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीव्रता आएको हो ।

सन् १९९२ मे मा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी तयार भएको र यसैको जुनमा रियो द जेनेरियोमा वातावरण र विकाससम्बन्धी संयुक्तराष्ट्र संघ सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यति बेलादेखि नेपालमा यस’bout चासो बढेको हो ।

हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन्, तिनको सन्तुलित र गतिलो उपयोग गर्न सकिन्छ

हरित गृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेष रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटोछिटो परिवर्तन हुने गर्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौं । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो । यसको प्रत्यक्ष प्रभाव गरिब, विकासोन्मुख, भूपरिवेष्ठित र पर्वतीय मुलुकमै बढी पर्ने गर्छ । हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लाउन सकिन्छ ।

जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जनचेतना नै हो, अनुकूलनका अभ्यासको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त आउँछ नै । खाने मुख थपिने तर उत्पादनहरू भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिस्टममै असर पर्छ भविष्यमा । हामीकहाँ जलवायु पविरर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव असर पर्न सक्ने प्रभाव’bout यकिन गर्ने संयन्त्र अझ भनौं वैज्ञानिक संयन्त्रको कमी छ ।

जोखिम क्षेत्रहरूको पहिचानको समस्या छ । हरितगृह ग्याँस उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेको छैन । सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउनु कम कठिन छैन । साथै उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति तय गर्न सकिएको छैन ।

प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । जलवायु परिवर्तनसम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीय त्यहींकै लागि गर्नु बेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकुल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई बिर्सनुहुन्न । स्वच्छ ऊर्जा जलविद्युत्का सम्भावना धेरै छन्, हामीकहाँ ।

पूनर्नवीकरणीय र वैकल्पिक ऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्नुपर्दछ । हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन् । तिनको सन्तुलित र गतिलो दोहन गर्न सकिन्छ । बाँझो, छोडेको जमिन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमिनमा लाभदायक रुख बिरुवा रोप्न सकिन्छ ।

प्रकोप व्यवस्थापन गर्न बिमा नीतिहरू तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपुर संरक्षण, पर्यावरणीय सरसफाइ, डढेलो नियन्त्रण, वन क्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रूपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्वतयारी र समग्रमा इच्छाशक्ति नै आजको आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी