Saturday, July 24, 2021
HomeEditor-Picksदाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ आज

दाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ आज

,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता समीर हायूले दर्ता गराएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गर्न लागेको हो ।

रिटमा नेकपा अध्यक्ष दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गरिएको छ । रिटमा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गरिएको छ ।

त्यस्तै अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा दाहालले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर गरिएको छ ।

सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ । उनीहरु सबैलाई गत बिहीबार अदालतले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

Loading comments...

आजको समाचार

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

साताका लोकप्रिय समाचार

३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २५ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा...

नेपाल एसियन च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं । आयोजक फिलिपिन्सले नेपाल र भारतसहित ७ देशलाई कोरोनाको रेड जोनमा राखेपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अर्काे महिना आयोजना हुने भनिएको एसियन...

ओली लाल गदार हुन् : युवा संघ उपाध्यक्ष पौडेल

  महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख नितेश पौडेलले केपी शर्मा ओलीलाई ‘लाल गदार’ को संज्ञा...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।...

ट्रेन्डिङ

कोरोनाविरुद्ध साझा लडाइँ

सरकारले नेपालमा हुनसक्ने कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्नका लागि सबैलाई गरेको हार्दिक अपिलको सर्वत्र स्वागत गरिएको छ । कोरोनाको संक्रमणलाई कुनै पनि गाउँ, स्थानीय...

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?