गायिका पूर्णिमा सम्मानित

काठमाडौं । चर्चित गायिका पूर्णिमा तामाङ सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले प्रतिष्ठानको २०आंै वार्षिक साधारण सभामा उनलाई राष्ट्रिय गायिकाको रूपमा सम्मान गरेको हो । सो प्रतिष्ठानले गरेको सम्मानले गीतसंगीत क्षेत्रमा अग्रसर हुन थप अझ ऊर्जा मिलेको उनले बताएकी छन् । उनले गीतसंगीत क्षेत्रमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जनाएकी छन् ।

धादिङको गल्छी–७ की यी गायिकाको करिब ४ सय वटा गीत बजारमा आइसकेका छन् । उनका केही गीतहरूले त युट्युबमा करोड भ्युज पाइसकेको छ । पूर्णिमाले गाएका फूल भनौं जिन्दगीलाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमीबिना पागल भा’छु, तिम्रो मनमाजस्ता दर्जनौं गीत चर्चामा छन् । उनले सफल गायनको कदर स्वरूप सम्मान गरिएको सो प्रतिष्ठानले जनाएको छ ।

आफूले गाएका गीतहरू चर्चित भएपछि यी गायिकाले हङकङ, कोरिया, मलेसिया, दुबई, कतारलगायत थुप्रै देशहरूमा आफ्नो कन्सर्ट प्रस्तुत गरिसकेकी छन् । झन्डै आधा दर्जनभन्दा बढी अवार्ड चुमिसकेका उनी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध