काठमाडौँ । सरकारले आयोडिनयुक्त नुनको प्रबद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले माघ १९ देखि एक महिनासम्म आयोडिन महिनाको रुपमा मनाउन लागेको छ । आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्य अनुरुप साल्ट ट्रेडिङ कर्पोरेसनले सन् २०२१ फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ मनाउन लागेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका विभाग प्रमुख ब्रजेश कुमार झाले सरकारको निर्देशन अनुसार सोमबार देखि एक महिना ‘आयोडिन महिना’ मनाउन लागेको जनाकारी दिए । उनले सरकारको निर्देशन अनुसार कम्पनीले विगत लामो समय देखि नै फेब्रुअरी महिनालाई आयोडिन महिना मनाउदै आएको बताए । उनका अनुसार युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई)को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि सञ्चालन गरिँदै आएको छ ।
विभाग प्रमुख झाका अनुसार आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये ‘भिजिवल गोइटर’ सन १९८५÷८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको छ । हाल समुदायमा देखिएको छैन । नेपाल सरकारको निर्देशन अनुसार कर्पोरेसनले आयोडिन युक्त नुनको आपूर्ति गर्दै आएको छ ।
सरकारले लिएको विकास लक्ष्य अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन २०१६ को नेपाल सरकारले गरेको सर्बेक्षण अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ । सन् २०१६ मा नेपाल सरकारले गरेको सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ । यो वर्ष नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिम पूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ संस्था स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम गर्ने उनले जानाकारी दिए ।
आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशःस्वास्थ्य चौकिहरुमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी गर्ने छ ।
नेपाल सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिडेडलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ग्रामीणस्तर सम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालवालिका चिन्ह अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट, तथा फेस मास्क जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने कर्पोरशनले जानाकारी गराएको हो । उक्त अवसरमा आयोडिनको महत्व’bout जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।