जसपाका नेता शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । मंगलबार राति बालुवाटारमा आयोजित कार्यक्रममा यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

महोत्तरी घर भएका नेता डाक्टर यादवलाई प्रधानमन्त्री ओलीले खादासमेत ओढाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, नेता महेश बस्नेत पनि सहभागी थिए । यादव तत्कालीन मधेसी जनाधिकार फोरम नेपालका प्रमुख सचेतक थिए । कम्युनिष्ट पृष्ठभूमिका यादव २०६३ को मधेस आन्दोलनपछि फोरममा प्रवेश गरेका थिए ।

ओली समूहले केही समयदेखि मधेस केन्द्रित दलका नेतालाई पार्टी भित्राउने प्रयास गरिरहेको छ । केही समय अघि जसपाका नेता तथा पूर्व सांसद बबन सिंह पनि ओली समूहमा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी