बन्दले कञ्चनपुर ठप्प

महेन्द्रनगर । दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल समान्यरुपमा चले पनि सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प बनेको छ ।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स दुग्ध संस्थान पत्रपत्रिका बाहेक बाहेक सबै खाले सवारी साधनहरु बिहानैदेखि बन्द रहेका छन् । आम हड्ताल सफल बनाउन प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । बिहानैदेखी महेन्द्रनगरको भानुचोकमा पुर्व पश्चिम राजमार्गमा सडक जाम गरेर बसेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हड्तालका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएको छ ।

यस्तै कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चल्दै गरेको बसमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको बसमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले ढुङ्गामुढा प्रहार गर्ने नेकपाकै कार्यकर्ता भएको आशंकामा खोजी भइरहेको बताए । उनले बसमा धेरै क्षति भने नभएको जनाए । सुदूरपश्चिम प्रदेश प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्ताललाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको जनाएको छ । आम हड्तालका नाममा हुने प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुगाउने गतिविधिमा संलग्नलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता मुकेशकुमार सिंहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी