Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुन रिहा

ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुन रिहा

,

बलेवा । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए । जाहेरीमा उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए ।

उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहनुभएका वडाध्यक्ष पुन सहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा बुधबार रिहा हो ।

बुधबार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो । उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे । पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । उक्त मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो । धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए ।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए । पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

ट्रेन्डिङ

आर्थिक अनियमितताको पराकाष्ठा

‘म पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिने छैन’ भनी कुर्चीमा बसेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । उनको त्यो भनाइसँगै भ्रष्टाचारको दलदलमा...

जुडो प्रतियोगिता सम्पन्न

राजविराज । स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगिता मंगलबार राजरंगशालामा सम्पन्न भएको छ । जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको...

प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९००...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

खै कहाँ गए मान्छे ?

आज सहर सुनसान छ र म भौतारिरहेको छु मान्छेहरूको खोजीमा । त्यही चोकको चियापसल हो बिहान सयौं मान्छे जमघट हुने देशको गफ हुन्थ्यो विदेशको गफ हुन्थ्यो राजधानी र सिंहदरबारको गफ हुन्थ्यो...

नेकपाको अबको कार्यभार

सत्तारूढ दल नेकपाको आन्तरिक विवादले निकास पाउने चरणमा पुगेको छ । गत ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन ६...

थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

काठमाडौँ । नेपालमा थप ४६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...

मुवाँथाइका कविन क्वार्टरमा

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमानसिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्...

‘लकडाउन’ ले सुनसान पिपलचौतारी

दैलेख । यतिबेला गाउँका पिपलचौतारी शितल छाया दिनको लागि महत्वपूर्ण मानिन्थे । पिपलचौतारीमा बसेर बुढापाका, युवायुवतीले, दिदी बहिनी दाजुभाइले सुख दुःखका गफ गर्थे ।...

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र...

सरकार कोरोना रोकथाममा अझै गम्भीर बनेन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बर्तमान सरकार कोरोना रोकथाममा गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले एक विज्ञप्ति जारी...

काठमाडौं संसारकै एक नम्बर दूषित शहर

काठमाडौं । काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। आज काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)