अम्लिसोको डाँक्लादेखि फूलसम्म बिक्री

इलाम । माईजोगमाई गाउँपालिका प्याङका श्याम थेबेको पनि विगतका वर्षहरूमा कुचो नबिकेर घरमै मकिएर खेर गयो । गत वर्ष नविकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबे यस वर्ष मूल्य आएसँगै बगानको सबै कुचो थुति सकेका छन । माईजोगमाई गाउँपालिकाका सोयाङका सुमन बेगाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्यबढे सँगै उनले खेताला लगाएर कुचो निकालेका हुन । थेबे र बेगा मात्र होईन जिल्लाका कृषक कुचोको भाउ आएसँगै हर्षित बनेका छन ।

विगतका वर्षहरूमा प्रतिकिलो ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यस वर्ष प्रतिमन कुचो ५ हजार रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँले किनबेच भएसँगै किषान हर्षित बनेका हुन ।जिल्लाका अधिकांश ठाउँमा हुने कुचोको मूल्य आएसँगै किसानले कुचो थुति सकेका छन । गाईबस्तुलाई हिउँदे घाँसका लागि धेरै जसो किसानले अम्लिसो रोप्ने गर्छन ।

अम्लिसो मलिलो, खुला र पाखाबारीमा राम्रोसँग फस्टाउने गर्छ । एक पटक रोपेपछि यसले ११–१२ वर्षसम्म घाँससँगै कुचो उत्पादन दिइरहने हुँदा सबैको घासको रोजाइमा अम्लिसो पर्ने गरेको छ । रोपेको २ वर्षदेखि घाससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहनत गर्नु नपर्ने हुँदा गाई भैंसीको लागि मुख्य घाँसको रुपमा किसानहरुले अम्लिसो रोप्ने गर्छन् । यो वर्ष कुचोको भाउ आएकोले व्यापारी घरमै आउने थालेका छन ।

‘भाउको त टुङ्गै हुँदैन । कहिले आउँछ, कहिले आउँदैन’, कुचो किसान मातृका घिमिरेले भने । कुचोको बिक्रीसमेत अन्य वस्तुको जस्तो सहज हुँदैन । काँचो टिपेमा यसको भुँवा झरेर घट्ने सम्भावना बढी हुन्छ । यसैले किसानले टिप्ने बेलामा सचेत नभएमा उपयुक्त दाम नपाउन सक्छन् ।

घिमिरेका अनुसार तयारी चिया, अलैँची जस्ता पदार्थ एक वर्षको उत्पादन अर्को वर्ष बेच्दा मिल्छ । कुचो उत्पादन भएकै वर्ष बेचिसक्नुपर्छ । सोही वर्ष नबिके अर्को वर्ष गुणस्तरहिन हुन्छ । पछिल्ला बर्षमा भारतकै ग्रामीण भेगमा अम्लिसो उत्पादन हुन थालेपछि नेपाली कुचोको माग घट्न थालेको थियो ।

कुचो मात्र होईन डाँठ पनि बिक्री
इलामको रोङ गाउँपालिका किसानले अहिले अम्लिसोको कुचो र डाँठ दुवै विक्रि भईरहेको छ । डाँठ पनि बढार्नकै लागि विक्रि हुने गरेको हो । अम्लिसोको डाँठ बेच्नका लागि करीब दुईदेखि अढाइ फिट बनाउनुपर्छ । यसको मूल्य किसानले प्रतिकिलो रु पाँचदेखि रु १० सम्म पर्छ । व्यवसायी जीवनहरि भट्टराईका अनुसार यहाँ ‘धेरै पहिलोदेखि डाँठ बिक्न थालेको हो ।’ यसको खास प्रयोग चाहिँ कुचोको बीचमा राख्नका लागि प्रयोग हुन्छ ।

कुचोको मुठा आकर्षक देखाउन व्यवसायीले डाँठ किन्ने गर्छन् । अहिले यो क्षेत्रको अम्लिसोको कुनै भाग पनि खेर जाँदैन । ‘झापाको नजिकको गाउँपालिका भएकाले पनि किसानलाई बजारको समस्या छैन भट्टराईले भने, ‘कुचोको माग भारतबाट समेत आउने गर्दछ । झापास्थित धुलाबारी, काँकडभिट्टामा खपत हुन्छ भने भारतसमेत जाने गर्छ । प्रतिकिलोको दरमा बिक्री हुनेभन्दा यसरी कुचो बनाउँदा धेरै आम्दानी हुन्छ । ‘कुचो बनाएर बेच्दा धेरै मूल्यमा बिक्छ ।’

कागज बनाउँने उद्योग बन्द
झापामा अम्लिसोको डाँठबाट कागज बन्थ्यो । त्यसबेला किसानसहित व्यवसायीले पनि यसबाट राम्रो मूल्य पाउँथे । झापामा सञ्चालनमा रहेको उद्योग बन्द छ । अहिले नेपालभर यस्तो उद्योग छैन । विगतमा जस्तो मूल्य किसान र व्यवसायीले पाएका छैनन् । यदि स्थानीयस्तरमै उद्योग निर्माण भए किसानले उल्लेख्य मूल्य पाउने व्यवसायी भट्टराई बताउँछन ।

झापामा उद्योग सञ्चालनहुँदा कागज मात्रै होइन, डाँठबाटै कार्टुनसमेत बन्थ्यो । व्यवसायी भट्टराईका अनुसार निजी क्षेत्रबाट समेत अम्लिसोको लागि खासै प्रयास नभएका हुन् । अन्य कृषिजन्य पदार्थका सङ्घ÷महासङ्घ बनेपछि किसान, श्रमिक वा व्यवसायीको यसतर्फ ध्यान गएको छैन । उस्तै कृषिजन्य पदार्थ चिया र अलैँचीमा वर्षेनी प्रोत्साहनका कार्यक्रम आउँदा अम्लिसोका लागि रकम नै नछुटेको गुनासो छ ।

किसानले धेरै उत्पादन गरेका बेला कम र कम उत्पादन गरेका बेला बढी मूल्य हुने गरेको छ । बजार मूल्यको अस्थिरताका कारणले पनि धेरै किसानले अम्सिलो विस्थापन गरेर वैकल्पिक खेती गर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 667 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा चुनावपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)