कथा आआफ्नै

कमलामाई नगरपालिका–१४ का १७ वर्षीय सुवास श्रेष्ठ कक्षा ६ पढ्दै गर्दा कम्मर दुख्ने समस्या भयो । उनी विस्तारै हिँडडुल गर्न नसक्ने भए । स्थानीय सरकारी विद्यालय चन्दनपुर माविमा पढिरहेका उनले पढाइ छाडे । पछिल्लो केही समयदेखि बायाँ खुट्टामा अप्ठ्यारो हुने र दुख्ने समस्या हुन थालेको छ ।

उनको पारिवारिक कथा दुःखदायी छ । आमाले उनीसहित तीन बहिनी छोडेर अर्को विवाह गरिन् । सुवासका बाबु सोमप्रसाद श्रेष्ठ भारतमा मजदुरी गर्छन् । उनीहरू माइला बुबा सन्तबहादुर र माइली ठूलीआमा डम्बरकुमारीको घरमा छन्् । परिवार सामान्य छ । करिब नौ महिना खान पुग्छ । दुःखजिलो गरेर उनका दुई छोराछोरी र देवरका चार छोराछोरी श्रेष्ठ दम्पतीले हुर्काइरहेका छन् ।

सुवासको रेखदेख ठूलीआमाको जिम्मामा छ । खेतीपाती, बालबालिकालाई पढाउने, पाल्ने जिम्मेवारी पनि उनको काँधमा छ । सुवासको उपचार भारत पटना र नयाँ दिल्लीमा गरियो तर निको भएन । हाल उनको परिवारले आर्थिक अभावकै कारण उपचार गर्न सकेको छैन । उनको पढाइ पनि रोकियो । ‘सक्यो भने त पढ्थें, पढ्न मन त लाग्छ के गर्नु ?’ रोगकै कारण अपांग भएर बस्दा पढाइ रोकिएकोमा उनलाई चिन्ता छ ।

०००००००००००

सिन्धुली अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. सुधांश झाका अनुसार यस्तो समस्या बालबालिका अर्थात् १५ देखि २० वर्ष उमेरका केही बालबालिकामा देखिन्छ । उनीहरूलाई देखिने यो समस्या सानो उमेरमा देखिने बाथ रोग हो । यसले हाडजोर्नी समाउँछ र यसको कुनै औषधिले हु“दैन । नसा तथा हाडजोर्नी चलायमान राख्नु नै यसको निराकरण हो । यो रोग लाग्दा मान्छे बिस्तारै जोर्नीको चिप्लो पदार्थ सुक्दै जान्छ र मान्छे बाँसजस्तो हुन्छ ।

कमलामाई नगरपालिका–१४ तल्लो रानीबासका उद्धवप्रसाद पहाडी २८ वर्षका भए । उनको दाहिने खुट्टामा रड देखिन्छ । खुट्टैभरि पिप निस्केको घाउ छ । उनको सात वर्षअघि भारत पटनामा सडक पार गर्नेक्रममा ट्याक्सीले हानेर खुट्टा भाँचियो । घाउको रड ननिकाल्दा उनी अपांगजस्तै भएका छन् ।

सामान्य हिँडडुल गरे पनि काम गर्न जान सक्दैनन् । न त उनको उपचार गर्ने कोही नै छ । सुरुमा पटनामै उपचार गरार्ई रड राखिए पनि पैसा अभावले रड निकाल्न सकेनन् । त्यतिबेलाको अस्पतालमा उपचार गरेका कागजपत्र पनि नलिई उद्धव घरमा आए । पटनाको एमसीएच अस्पतालले दुई वर्षमा रड निकाल्नुपर्ने भनेको थियो । तर, रड शरीरमै छ ।

उद्धवका बुवा कृष्णप्रसाद पहाडीका अनुसार दुर्घटनापछि छोरामा एकोहोरो हुने, नबोल्ने, लुगाफाटो फाल्ने, घाउ कोट्याउने चलाउनेजस्ता अस्वाभाविक समस्या देखिन थालेका छन् । कमाउने छोरो दुर्घटनामा घाइते भए । मजदुरी ग¥यो दुई÷चार पैसा खानै ठिक्क । त्यसपछि उद्धवलाई हालसम्म जँचाउन अस्पताल लगिएको छैन ।
सम्पत्तिको नाममा ऐलानी जग्गामा झुप्रो घर छ । त्यसबाहेक बिहानबेलुका बनीबुतो गरेरै जीवन धान्ने हो ।

लापर्बाहीको सिकार
कमलामाई नगरपालिका–१४ चन्दनपुरका ४८ वर्षीय दीपबहादुर पुलामीले कृत्रिम खुट्टा हालेको १९ वर्ष भयो । नङ काट्ने बेला बाँया खुट्टाको बुढीऔंलाको नङको जरामा ब्लेडले काटेर सानो घाउ भयो । घाउ केही दिनमा चिलाउन थाल्यो । ‘बोक्सीको आँखा लागेको’ भन्दै झारफुक गर्न धामीझाँक्रीतिर लगे । घाउ बढ्दै गएपछि उपचारका लागि वीर अस्पताल पुगे ।

एक महिनापछि वीर अस्पताल पुगेका पुलामीको ‘टिटानस’ भएको भन्दै डाक्टरले घुँडामुनि काटेर फालिदिए । अहिले उनी परिवारको सहारामा घरमै छन् । भारी काम गर्न सक्दैनन् । उनीहरूको जग्गाजमिन छैन । ऐलानीमा घर छ । सम्पत्ति केही छैन । दुई छोरा र दुई छोरीको जिम्मेवारी पुलामीकी श्रीमतीको काँधमा छ । चटपटे बेचेर, मजदुरी गरेर छोराछोरी पढाउने, हुर्काउने, लाउनेखाने जोहो उनी एक्लै गर्छिन् । छोराछोरी नजिकैको सरकारी विद्यालय चन्दनपुर माविमा कक्षा ९, १०, ११ र १२ कक्षामा पढ्दै छन् ।

न पहिचान, न श्रीमान्
कमलामाई–१४ खिरखिरेकी ४५ वर्षीय भुन्टी धामी पाँच वर्षदेखि बिरामी छिन् । उनमा हातखुट्टा र कम्मर नचल्ने हुँदाहु“दै दाहिने पाटो नै चल्न छोड्यो । घुँडा र खुट्टा सुन्निने समस्याबाट सुरु भएको उनको समस्या अहिले हातखुट्टा सुकेको छ । जसका कारण उनी थला पर्दै गइन् । सामान्य उपचार त ग¥यो परिवारले । तर, निको हुनुको साटो ओछ्यानै परिन् । उनका श्रीमान् डोको धामीले भुन्टी निको हुने छाँटकाँट नपाएपछि अर्की ल्याए । भुन्टीलाई बिरामीसँगै सौताको पिरलो थपिएको छ ।

भुन्टीका एक छोरा र एक छोरी छन् । छोरी सिर्जनाले त स्कुल नै टेकेकी छैनन् । छोरोलाई केही दिन नजिकैको स्कुलमा पठाए पनि पढ्न छाडे । दुवै छोराछोरीको जन्मदर्ता पनि छैन । न त भुन्टीको नागरिकता नै छ ।

डोकोको सम्पत्तिको नाममा फुसको घर र डेढ कठ्ठा ऐलानी जग्गा छ । मजदुरी गरेर परिवार पाल्छन् । उपचार गर्न पनि आर्थिक अभावले गाह्रो भएको भुन्टीका देवर बिन्दास धामी बताउँछन् ।

अपांगता परिचयपत्र वितरणका लागि गत ९ फागुनमा कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटासहितको टोलीले उनलाई नागरिकता र जन्मदर्ता नै नभएका कारण घरमै पुगेर पनि परिचयपत्र दिन नसकेको जनाएको छ ।

उपचार गर्न नसक्दा अपांग
कनपा–१४ का ७० वर्षीया कन्ना धामी स्थानीय समाजसेवी हुन् । उनी दुई वर्षअघि खेत जोत्दै गर्दा कम्मरमा समस्या आएपछि बिरामी परे । जनकपुर अञ्चल अस्पतालसम्म त पुगे तर उनका लागि न त एक महिना अस्पताल बस्ने कुरुवा भए, न उपचारका लागि पैसा नै । डाक्टरले कम्मरको जोर्नी खुस्केको भन्दै स्टिल हाल्नुपर्ने सुझाए । उपचार सम्भव नभएपछि उनी थला लाग्दै गएका छन् । दिसापिसाब जानसमेत सक्दैनन् । दाहिने खुट्टा बिस्तारै सुक्दै गएको छ । थला परेपछि फोक्सोकी बिरामी श्रीमती र जेठो छोरोको पनि मृत्यु भयो । बुहारी तारावतीले स्याहार गर्दै आएकी छन् । ‘ख’ श्रेणीको अति अशक्त अपांगता परिचयपत्र बनाएका छन्, उनले ।

‘परिचयपत्रले के गर्नु दुःख कम हु“दैन,’ भन्छन्, ‘काल आउँदैन, पर्खनै प-यो ।’ कमलामाई नगरपालिकाले गत २५ माघदेखि अपांगता भएका व्यक्तिलाई घरदैलोमा परिचयपत्र दिने शिविर सुरु ग¥यो । वडा १, २, १२ र १३ मा अपांगताको परिचयपत्र वितरण गरिसकिएको छ । नगरपालिकाभित्रका अपांग पहिचान र कार्ययोजना बनाउने योजना छ ।

योजनाअनुरूप गत ९ फागुनमा उपप्रमुख मञ्जु देवकोटा नेतृत्वको टोली वडा १३ र १४ मा पुग्यो । अपांगता भएर शिविरमा नआउने बिरामीलाई टोलीले घरमै पुगेर सेवा पनि दियो । परिचयपत्र बनाउन वडा १४ का नागरिक धेरै आए । त्यसदिन २८ जनाले अपांगता परिचयपत्र बनाए । परिचयपत्र पाउनेमा पूर्ण असक्त अपांग अर्थात् ‘क’ श्रेणीका सात र अतिअशक्त अर्थात् ‘ख’ श्रेणीका १७ जना रहे । जसमध्ये ७० प्रतिशत कृत्रिम अपांगता भएका आए । त्यसमा पनि दुर्घटना वा अन्य कारण चोटपटक लागेका र अपरेसन बिग्रेका बिरामी पाइएको सिन्धुली अस्पतालका डा. सुधांशु झा बताउँछन् ।

नगरपालिकाले स्थानीय तह भएपछि कार्यविधि बनाएर अपांगता परिचयपत्र दिन सुरु गरेको हो । हालसम्म शिविर र नियमित कार्यालयबाट २ सय १० अपांगता परिचयपत्र दिइएको छ । समिति सदस्य विजय लामा अपांगता भएकालाई उपचार समस्या हुन नदिन स्वास्थ्य बिमा गर्नुपर्ने देखिएको बताउँछन् । यस्तै, अपांगता भएका परिवारलाई रोजगार, शिक्षाको व्यवस्था पनि सरकारले गर्नुपर्ने उनको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार