आमहडतालप्रति व्यापार संघ न्युरोडको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहले गरेको आम हड्तालप्रति राष्ट्रिय ब्यापार सघ न्युरोड काठमाडौंले आपत्ति जनाएको छ ।

कोरोना माहामारीले थिलथिलो पारेर भर्खरै उठ्न लागेको ब्यापार ब्याबसायलाई पुन सिर्जित राजनैनिक गतिविधिले फेरि टाउकोमा नै हान्न खोजेको आभास आम ब्याबसायिलाई पर्न गएको विज्ञप्तीमा उल्लेख छ ।

माहासचिब बैकुण्ठ दाहालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘पछिल्लो समय देखापरेका राजनैतिक घटनाक्रमले आम ब्याबसायीमा बितिष्णन पैदा गराएको छ । ब्याबसायिलई पलायनतर्फ उन्मुख गराउन खोजेको भान भईरहेको छ ।’

यस तर्फ सचेत भै आम राजनैतिक दलले बन्द हड्ताल धर्ना जुलुस जस्ता ब्यावसायिक बातावरण बिथोलिने कार्यक्रम नगर्न नगराउन राष्ट्रिय ब्यापार सघले राजनैतिक दलहरुमा अपिल गरेको छ ।

हाल उत्पन्न बिषम परिस्थितिलाई धर्ना जुलुस र बन्दका माध्यबाट समाधान खोजिनु भन्दा पनि बार्ता र छलफलका माध्यम अबलम्बन गर्न संघले सुझाब दिएको छ ।

बन्द हड्ताल जस्ता कृयाकलापले गरिखाने बर्गलाई प्रत्यक्ष असर पर्ने हुँदा यस्ता अवाञ्छित गतिबिधिबाट टाढै रहन समेत राजनीतिक दलहरूलाई राष्ट्रिय ब्यापार सघ सचेत गराएको छ । साथै गरि खाने बर्ग सधै बन्दको बिरोधि भएको र यस्ता बन्दको कुनै पनि कार्यक्रममा नगर्न नगराउन हुन रजनितिक दलहरुलाई राष्ट्रिय ब्यापार सघले जोडदार माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा