Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रधानमन्त्री

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रधानमन्त्री

,

पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताए ।

पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन
हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उनले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिए । प्रधानमन्त्री ओलीले एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफैँ उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताए । उनले मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेलसेवा सञ्चालनका सन्दर्भमा थुप्र्रै प्रगति भएको बताउँदै पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन र म्याग्दीको अन्नपूर्णका विभिन्न क्षेत्रमा गत वर्षायाममा बाढीले पु¥याएको क्षतिपूर्ति र पुनःनिर्माणका लागि गम्भीररूपले सम्बोधन गरिने बताए ।

२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : ऊर्जामन्त्री

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताए । उनले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए ।

उनले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हुँदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताए । उनले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताए । उनले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताए ।

अर्को प्रसङ्गमा नेकपा स्थायी कमिटी सदस्य रायमाझीले बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईँ, पूर्वसांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा–दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराएका थिए । विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

ट्रेन्डिङ

तीन लाखले दिए लाइसेन्सको आवेदन

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण...

कालिकोटमा थपिए ७ जना कोरोना संक्रमित

कालिकोट । जिल्लामा थप सात जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको महाँवै गाँउपालिका वडा नंं ४ की चार महिने बालकसहित थप सात जनामा...

नमस्ते संस्कृति र कोरोना

‘नमस्ते’ संस्कृतबाट बनेको शब्द हो, जुन संस्कृत को ‘नमःंते ’ शब्दबाट लिएको हो, जसको अर्थ हो– जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति...

सार्वजनिक बसमा अब नगदविहीन भाडा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा नगदविहीन भाडा प्रणाली लागु गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार...

सर्लाहीमा खोलाले बगाउँदा दुईको मृत्यु

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुरमा एक युवकको र रामनगर गाउँपालिकामा एक वृद्धको मृत्यु् भएको...

चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पासम्म

गलकोट । लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन् । सोमबार बिहान चार बजे पोखराबाट हिँडेका...

कर्मचारीको हाजिर गरेर हिँड्ने प्रवृत्ति रोकिएन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा गरेको अनुगमनमा एक वर्षको अवधिमा समयको पालना नगर्ने र पोसाक नलगाउने २ हजार...

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका...

पेचिलो बन्दै नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा पाँच दिनभित्र सहमति कायम गर्न बुधबार सरकारलाई निर्देशन दिएको छ । ५ भदौ २०७५ देखि विधेयक...

भारतमा ३० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि

नयाँ दिल्ली । भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर...

महामारी र गैरजिम्मेवारीपन

३१ डिसेम्बर,२०१९ मा चीनको वुहानमा देखापरेको कोरोना भाइरस ‘कोभिड–१९’को त्रास बढ्दो छ । विश्वमा हालसम्म १३ लाख बढी संक्रमित भएको र झन्डै ७० हजारको...

संघीयता सबल बनाउन दसवर्षे रोडम्याप भोलिबाट कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप) भोलि बुधबारबाट कार्यान्वयनमा ल्याउँदै छ । संघीयता सफल र कार्यान्वयन पक्ष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)