झडपमा घाइते भएका पूर्वमन्त्री झा र यादवसहित ४ जनालाई काठमाडौं रिफर

जनकपुरधाम । जनकपुरधाममा प्रहरीसंगको झडपमा घाइते भएका पूर्व मन्त्री रामचन्द्र झासहित चार जनालाई काठमाडौं रिफर गरिएको छ ।

नेकपा प्रचण्ड–नेपाल समुहका नेता पुर्व मन्त्री रामचन्द्र झा, पूर्व मन्त्री मातृका प्रसाद यादव, धनुषाका शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादव र प्रदिप साहलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं रिफर गरिएको छ । यसअघि घाइतेहरुलाई तत्कालै जनकपुरधामको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई साँझ साढे ५ बजे काठमाडौँ पठाइएको हो । झा र बरबरियाको टाउकोमा र पूर्वमन्त्री मातृकाको खुट्टामा चोट लागेको छ । पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ । यता झडपकै क्रममा प्रहरी जवान लालबाबु रायसमेत घाइते भएका छन् ।

बन्दकर्ता नेकपा प्रचण्ड–माधव समूहका प्रदर्शनकारी र प्रहरीबीच जनकपुरधामको शिवचौकमा झडप भएको थियो । जनकपुरधामका पसल बजारहरु बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरुबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले शिवकुमार गोहिवार, सुरेश कापर, कारीराम यादव, प्रदिप साह, रुपेश बिराजी, उमेश साह, रंजित पाण्डे, अपराज मण्डल, सुभाष मण्डल र बिरजु बिराजीलाई प्रहरीले नियन्त्रण मा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आन्दोलनकारीले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा