Monday, May 17, 2021
Home प्रमुख दाहाल–नेपाल समूहको बन्द: आगजनीदेखि तोडफोडसम्म

दाहाल–नेपाल समूहको बन्द: आगजनीदेखि तोडफोडसम्म

प्रहरीद्वारा नेताहरूलाई धरपकड, जनजीवन प्रभावित

,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए पनि आन्दोलनकारीले यातायातका साधनमा आगजनी र तोडफोड गरेपछि बन्द अपेक्षित रूपमा शान्तिपूर्ण हुन सकेन ।

बन्दका क्रममा आन्दोलनकारीले एउटा ट्याक्सी जलाइदिएको र ८६ वटा गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आमहडतालको आयोजना गरेको दाहाल–नेपाल समूहले भने आमहडताल पूर्ण रूपमा सफल भएको दाबी गरेको छ । आन्दोलनका क्रममा जबर्जस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रहरीले सो पार्टीका नेता कार्यकर्तासहित १८८ जनालाई पक्राउ गरेको थियो ।

नेकपा प्रवक्तासमेत रहेका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहडताल सफल भएको दाबी गरेका छन् । आमहडतालका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनकारीले तोडफोड गरेपछि स्थिति अशान्त बनेको थियो । नेपाल बन्द गर्न पूर्वप्रधानमन्त्रीहरू सुरक्षा दलबलसहित आफैं खटिएका थिए । प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत बन्दमा जुटेका थिए ।

– नागरिकस्तरमा व्यापक विरोध
– व्यापारीहरूको पनि विरोध
– काठमाडौंलगायत केही ठाउँमा बन्दको प्रतिरोध
– आमहडताल सफल भएको दाहाल–नेपाल समूहको दाबी

यातायात अवरुद्ध भएका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । बिरामीसमेत मर्कामा परेका थिए । देशभरका व्यापारिक संघसंगठनले पनि बन्दको विरोध जनाएका छन् । सरकारी दमको भत्र्सना गर्दै पक्राउ परेका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गर्दै आन्दोलनका क्रममा सञ्चारकर्मीलाई परेको मर्काका लागि नेकपा दाहाल–नेपाल समूहले दुःख व्यक्त गरेको छ ।

‘शान्तिपूर्ण रूपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रूपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको केन्द्रीय संघर्ष समितिले आन्दोलनबाट तर्सेको सरकारले बिहानैबाट धरपकड गरेको उल्लेख गरेको छ । काठमाडौंसहित देशैभरबाट आफ्ना नेता कार्यकर्तालाई पक्राउ गर्नुका साथै कुटपिट गरेकामा सरकारको आलोचना भएको बताइएको छ ।

नेकपाले आमहडतालमा प्राप्त जनसमर्थनले उत्साही बनाएको र संघर्षका माध्यमबाट प्रतिगामी कमदलाई परास्त गर्ने ऊर्जा मिलेको जनाएको छ । साथै आम जनसमुदायलाई आन्दोलनमा गोलबन्ध हुन अपिलसमेत गरेको छ ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

प्रेस युनियनको मोबाइल डाक्टर सेवा सुरु

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

साताका लोकप्रिय समाचार

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

ट्रेन्डिङ

मृत्युको हल्ला फैलाइएका किम जोङ उन २० दिनपछि सार्वजनिक भए

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु...

खतिवडा पुनः अर्थमन्त्री नियुक्त, आज ४ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर जानुअघि प्रधानमन्त्री ओलीले...

राउटेको अस्तित्व संकटमा

सुर्खेत । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दलबहादुर रावल र कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत कार्तिक ८ गते महाअष्टमीका...

बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर : जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको २९ औं एक्स्टेन्सन काउण्टर तथा राजस्व संकलन केन्द्र सुरु भएको छ । जिल्ला प्रशासनका...

नेपालले इराकसँग जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण...

राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही...

तनहुँमा ७२ जुवाडे पक्राउ

तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख...

करणीको आरोपमा गाउँपालिकाका एक कर्मचारी पक्राउ

इलाम । जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर...

लिनालाई ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधी

काठमाडौं । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को उपाधि ललितपुरकी ब्युटिसियन लिना डँगोलले चुमेकी छिन् । रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी...

कोरोनाबाट विश्वमा ४ लाख ७० हजारभन्दा बढीको मृत्यु, ९० लाख ५१ हजार बढी संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ । साथै यस संक्रमणबाट...

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि पदभार ग्रहण गरेका छन् । हिजो सोमबार बिहान बैंकमा आयोजित एक...

अबैध सालको काठ बोकेको बस पश्चिम दाङमा पल्टियो

तुलसीपुर । अबैध सालको काठ बोेकेको बस पश्चिम दाङमा पल्टिएको छ । माथिल्लो ट्वाङखोलाबाट अबैध काठ लिएर हापुरे तर्फ आउँदै गरेको ग १ ख...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)