Friday, April 23, 2021
Home बिचार जनतालाई दुःख दिने औचित्यहीन बन्द

जनतालाई दुःख दिने औचित्यहीन बन्द

,

नेकपाको दाहाल नेपाल समूहले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबार गरेको नेपाल बन्दले सबैभन्दा बढी दुःख र सास्ती सर्वसाधारण नागरिकले भोग्नुप¥यो । सामान्य श्रमिक मजदुरको दैनिक ज्यालादारी गरेर खाने ट्याक्सीमा बन्दकारीहरूले आगो लगाइदिए । यो हर्कत निन्दनीय छ । विरोधका अन्य धेरै तौर र तरिका हुँदाहुँदै नेपाल नै बन्द गर्नुले आन्दोलनकारी प्रति आम जनताको स्नेह भंग हुन पुगेको छ । जुनसुकै राजनीतिक दलले गरेको भए पनि नेपालबन्दजस्तो कार्य पूर्णतय गलत हो र कुनै पनि सभ्य र अनुशासित नागरिकले नेपालबन्दको समर्थन गर्न सक्दैन ।
देशमा संसद् विघटनपछि ताजा जनादेश वा संसद पुनस्र्थापना आदि विपरीत नारा सडक संघर्षका रूपमा अभिव्यक्त हुन गएपछि देश असहज स्थितिबाट गुज्रिइरहेको छ । यो असहजताले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य थुप्रै क्षेत्रहरूमा निकै ठूलो र दीर्घलीन असर पार्दै गइरहेको छ । तर पनि जनताकै लागि राजनीति गरेको रटान दिने राजनीतिक शक्तिहरू कुर्चीको खेलमा नै मस्त छन् ।

यिनीहरूका बीचमा उमारिएको र हुर्काइएको ‘इगो’ विस्फोटक अवस्थाबाट गुज्रदै गइरहेको छ । आज देशमा सत्तासीन पार्टीको फुट र इगो विस्फोटनले भयावह रूप ग्रहण गर्दै गइरहेकाले यसले भविष्यमा झनै संकटपूर्ण अवस्था आउन सक्ने आँकलन गर्न सकिन्छ । त्यसैले दुवै पक्षले संयमता र शान्तिपूर्ण रूपमा आफ्ना माग र भनाइहरू जनतासमक्ष पु¥याउनुपर्छ । नेपालबन्द गरेर कसैको पनि हित हुँदैन । कहिल्यै पनि नेपाल बन्द नगर्ने प्रतिबद्धता हिजो यिनै नेताहरूले गरेका हुन् तर आज जनतासमक्ष गरेको प्रतिबद्धताविपरीत नेपाल बन्द गर्नुले उनीहरूको छलछाम र ढाँट शैली उदांगो भएको छ ।

बन्दको नाममा देशमा फेरि आगो बाल्न थालिएको छ । यो आगो नेपाल र नेपालीलाई सहयोगी सिद्ध हुने देखिँदैन । नेपालमा बेलाबेलामा कहिले राष्ट्रियताको त कहिले प्रजातन्त्रको नाममा आगो बलिरहन्छ । तर, नेपाल प्रजातन्त्र र राष्ट्रियताको दुई नारा वा पक्षबाट कहिल्यै पनि अछुतो रहन सकेन । प्रजातन्त्र र राष्ट्रियता एक सिक्काका दुई पाटाजस्ता भएर रहिरहे । अहिले यी दुई नारा व्यक्त रूपमा सडकमा झारिएका देखिँदैनन् । तथापि यिनैको अव्यक्त कभरमा यी सारा कुरा हुँदै गइरहेका भने अवश्यै छन् । सरकार निरंकुश भएको, जनताको जनादेश कुल्चिएको, संविधान लत्याएको तथा संसद् बिघटन गरिएको जस्ता नारा उठाएर त्यसविरुद्ध सडकमा ओर्लिएर दाहाल–नेपाल पक्षबाट यसको संकेत गरिएको छ । अर्कोतिर जनताको जनादेशअनुसार सरकारलाई काम गर्न नदिएको, कालापानी–लिम्पियाधुरा–लिपुलेक आदि फिर्तालिन चाहँदा अर्कोपक्षले सरकारविरुद्ध अनावश्यक घेराबन्दी गरिएको, प्रायोजित संघर्ष गरेको, राष्ट्रियता र जनतन्त्रलाई कमजोर पारेको तथा सरकार हडप्ने महŒवाकांक्षा निकै प्रवल देखिएका कुरा प्रम ओली पक्षबाट सार्वजनिक गरिएको छ । यी दुवैबाट हास्य र ठट्टा मजाक तथा खिल्ली उडाउनेगरी गरिएका कमजोरीले राजनीतिदेखि राजनीतिक संस्कृतिसम्म नराम्रो गरी दीर्घकालीन प्रभाव पारिरहेका छन् ।

वामगठबन्धनको सरकार निर्माण र त्यसलगत्तै गरिएको पार्टी एकीकरणले नेपाली जनतामा अब वामहरू एक हुन थालेकाले देशमा सापेक्ष स्थिरता आउने र त्यसले ठूलाठूला सुधार ल्याउने अपेक्षा चुलिँदै गएको थियो । नेताहरूले पनि अब नेपाली जनताले संघर्ष गर्नु नपर्ने, सडक आन्दोलनमा उत्रनु नपर्ने, देशमा विकास र निर्माणका काम अघि बढ्ने र त्यसमा सहभागी हुनुपर्नेजस्ता कुरा गरेर जनताको मनोभावना शान्ति र विकासतिर मोडेका थिए । तर, आश्चर्य ! आज तिनै नेताहरू एकापसमा विभाजित छन् । सडक बलिरहेको छ । नेपाल बन्दका कार्यक्रम फेरि आउन थालेका छन् । सडक संघर्षले फेरि आन्दोलनको रूप लिन थाल्ने हो कि भन्ने वातावरण सिर्जना हुँदै गएको छ । तर, अब नेताहरूले जवाफ दिन सक्नैपर्छ, बन्द हडतालको औचित्यता के ?

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

साताका लोकप्रिय समाचार

कतारी रियाल वैशाख २७ भित्रै साट्नु पर्ने, त्यसपछि नचल्ने !

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

सडक सुधार्न ध्यान नदिएको भन्दै स्थानियले गरे बन्द

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्धिचरण लोकमार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा...

धनकुटा बजार नजिक जंगलमा भीषण आगलागी, बस्ती जोखिममा

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक बनमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब ३ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुँन...

अदालतको न्यायिक काम कारबाहीमा संकुचन

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) महामारी बढेसँगै सर्वोच्च अदालतसहित देशभरको न्यायिक काम कारबाहीमा संकुचन आएको छ । १ भदौमा सर्वोच्च अदालतले १५ भदौसम्मका लागि...

रुकुम घटना : घाइते युवाद्वारा उपचारको माग

जाजरकोट । यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको...

संसद विघटनबारे यसाे भन्छन् कानुनविद

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बिघटन गर्नुलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले त्यसलाई बदर गर्नुपर्ने...

श्रीमतीको हत्या आरोपमा श्रीमान कारागार चलान

दैलेख । श्रीमतीको हत्या आरोपमा दैलेखमा एक जनलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको छ । पत्नी सुनिता विकको हत्याका आरोपित गुराँस गाउँपालिका–१ खड्कवाडाका २१...

‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको...

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको...

पहिरामा हराएका बालकको खोजी जारी

दार्चुला । महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना...

दशकदेखि खानेपानी अभाव रहेको काकाकुुल गाउँमा डीपवोरीङबाट पानी

इलाम । इलाम नगरपालिका ११ की ७० वर्षीया टिका पराजुली २०३२ सालमा विवाह गरेर झापाबाट इलामको सोयाक आउँदा दैनिक एक घण्टा गाग्रीमा खानेपानी वोक्नुुपरेपछि...

चीनले ३ लाख डोज भ्याक्सिन दिने

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन...

थान्सिङलाइ कोइरालाफाँट उपाधि

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा सञ्चालित १० औँ कोईराला फाँट खुल्ला रनिङकप फुटवल प्रतियोगिताको समापन गरिएको छ । सोमबार सम्पन्न फाइनल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)