कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जानकारी दिएको छ । काठमाडौँमा भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले दोस्रो चरणमा कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध