Sunday, April 18, 2021
Home अर्थ ५८ करोडको खानेपानी ४ महिनाभित्र सदरमुकाममा

५८ करोडको खानेपानी ४ महिनाभित्र सदरमुकाममा

कम्प्युटरले भेल्भ नियन्त्रण गर्ने नयाँ प्रविधि जडान

,

इलाम । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा शुरुभएको इलामको खानेपानी आयोजनाले अवको चार महिनामा सदरमुकाममा पानी खसाल्ने बताएको छ । कोभिड–१९ का कारण गरिएको लकडाउनले काममा केही ढिला भएपनि अवको चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको हो । माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीब्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए ।

२३ किलोमिटर लामो पाइप लाइन रहेको आयोजनामा तीन किलोमिटर पाइप लाइन जडान गर्न मात्र बाँकी रहेको छ । सेडिमेन्टेनशन ट्याङ्की तीन वटा जस्बीरेमा छन् । जसको काम पनि सम्पन्न हुन लागेको छ । त्यसपछि पानीलाई शुद्धिकरण गर्नका लागि चारखाँदेमा शुद्धिकरण ट्याङ्कीहरु पनि निर्माण सम्पन्न भइसकेका छन् ।

अहिले फिनिसिङ गर्ने काम भइरहेको धिमालको भनाई छ । चारखाँदेबाट आयोजनाको १० वटाआरबीटी (ट्याङ्की) बनाउने काम समेत धमाधम भइरहेको र केही सम्पन्न भइसकेको बताइएको छ । नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र राते खोलाबाट दश–दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी ल्याइने छ । वितरण पाइप लाइनसहित एक सय ५० किलोमिटरमा एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ कानगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ । प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी आउने जनाइएको छ ।

इलाम शहरी खानेपानी आयोजनाको काम७५ प्रतिशत सम्पन्न भइसकेको रअहिले काम तीब्र रुपमा भइरहेकाले बढीमा चार महिनाभित्र उपभोक्ताको धारामा पानी झर्ने धिमालको भनाई छ । आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारलाई नेपाल सरकारको मापदण्डअनुसारको पिउने पानी उपलब्ध गराइनेछ । घरमा जडान गर्नका लागि दुई हजार घरसम्म पाइपलाइन पुर्याई सकिएको छ । मिटर र धारा जडान गर्न मात्र बाँकी रहेको छ ।

एसियाली विकास बैंक (एडिबी)को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट्रक्सन एन्ड जिआइइटिसी जेभीले काम गरिरहेको छ । २० वर्षसम्म डिजाइन अवधि रहेको आयोजनाका लागि चार वटा इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौं वटा पानी ट्यांकी र चार हजार एक सय निजी धारा रहने उल्लेख छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले ब्यहोेर्ने छ । सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुनआउने ४ करोड भन्दाबढी कम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो ।

कम्प्युटरबाटै पानीको भल्भ नियन्त्रण गर्ने
कम्प्युटरबाटै आयोजनाको पानीका भल्भहरु कन्ट्रल गर्न सकिने नयाँ प्रविधि पनि आयोजनामा लागू गर्न लागिएको हो । कार्यालयमा रहेको कम्प्युटरबाट वितरण ट्याङ्कीका गेट भल्भहरु कन्ट्रोल गर्न सकिने प्रविधिको प्रयोग गर्न लागेको हो । मानिस ट्याङ्कीसम्म नपुगी मोबाइल र कम्प्ुटरबाटै नियनत्रण गर्न सकिने बताइएको छ । यो खानेपानीका लागि नयाँ प्रविधि भएको आयोजनाका इन्जिनियर धिमालले बताए । नेपालमा पहिलो पल्ट इलाम, भोजपुर र खोटाङमा पहिलो पल्ट यो प्रविधि लागू गर्न लागिएको हो ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

साताका लोकप्रिय समाचार

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

ट्रेन्डिङ

-यापिड टेस्टमा दैलेखमा १०६ जनाको रिपोट ‘नेगेटिभ’

दैलेख । तीनवटा स्थानीय तहका क्वारेन्टाइनमा रहेका १ सय ६ जनाको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको छ । निर्वाचन क्षेत्र नम्बर –२...

मुख्यमन्त्री शेरधन राईकी श्रीमती दावी गर्ने खड्का पक्राउ

  काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी...

भारतको रोमाञ्चक जित

क्यानबेरा । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा भारतले रोमाञ्चक जित हात पारेको छ । तीव्र गतिका बलर टि नटराजन र स्पिनर युजभेन्द्र चहलको...

नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ३२ पुग्यो

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या १३२ पुगेको छ । पूर्वी नवलपरासीमा आइतबार गैडाकोट नगरपालिकामा १ जना र बुलिङटार गाउँपालिकामा १ जना थपिएसँगै...

सर्वोच्चद्वारा फैसला पुनरावलोकन गर्न अस्वीकार

काठमाडौं । कोरोनाको आशंकामा गरिएको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने भन्दै दायर भएको पुनरावलोकन निवेदन सर्वोच्चले खारेज गरिदिएको छ । सवोच्च्चका न्यायाधीशहरू...

काठमाडौँ उपत्यकामा थपिए १८६ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौँका...

५ हजार ४ सय क्षमताका क्वारेन्टिन तयार

काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थापनका लागि गठन गरेको एकीकृत क्वारेन्टिन व्यवस्थापन समितिले उपत्यकामा ५ हजार ४ सय ३७ बेड क्षमताबराबरको क्वारेन्टिन तयार गरेको छ...

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको...

संकट र चुनौतीलाई अवसरमा बदलौं (विशेष प्रकाशकीय)

दिगो विकास, सुशासन र सकारात्मक सोचको पैरवी गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउन उल्लेख्य भूमिका खेल्दै आइरहेको ‘राजधानी राष्ट्रिय दैनिक’ आजदेखि १९ वर्ष...

हतकडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

इलाम । अस्पतालबाट गत बिहीबार प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त हिजो शुक्रबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा...

ट्याक्टर चालकको शब भेटियो

बागलुङ । नगरपालिका–१ निरयघाट स्थित शनिबार राती गएको पहिरोमा पुरिएका ट्याक्टर चालक ‘रोशन’ भनिने धनबहादुर किसानको सब फेला परेको छ । पहिरोमा पुरिएका ध...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)