Sunday, April 18, 2021
Home प्रदेश प्रदेश १ जागिर छोडेर डेरी उद्योग सञ्चालन

जागिर छोडेर डेरी उद्योग सञ्चालन

,

इलाम । छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे
भन्छन् तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर…
यो गीत एक बेला धेरै जसोले गुनगुनाई रहन्थे । कति युवा त गितमा भने झैं भए । जागिर नखाएका कारण कतिको विवाह पनि सोचेको जस्तो हुन सकेन । हुनत जागिर खान कसलाई मन हुँदैन र । जो कोहिलाई जागिर खाने र आनन्दको जीवन बिताउने रहर हुन्छ । धेरै जसो मानिस सरकारी, संस्थान र निजी जुनसुकै भएपनि जागिरका लागि कोसिस गर्छन् । त्यसमा कति सफल बन्छन् त कति सफल हुन नसकेर विदेशतिर लाग्छन् । तर कतिपय भने खाँदै गरेको जागिर छाडेर व्यवसाय सञ्चालनमा लागेका छन् ।

व्यवसायबाटै सन्तुष्ट बनेर मनग्य आम्दानी लिई रहेकाछन् । दुग्ध विकास संस्थानको जागिर छोडेर रिञ्जीफुर्वा शेर्पाले इलामको सन्दकपुर गाउँपालिकामा दुग्ध व्यवसाय सञ्चालन शुरु गरे । संस्थानको चीज मेकरका रूपमा जागिर खाएका उनले जागिर छोडेर आँफै उद्योग सञ्चाल नगरी चिज उत्पादन गरिरहेका छन् । संस्थानमा करिब ७ वर्ष जागिर खाए तर उनले जागिर छाडेर व्यवसाय सञ्चालन गरेका छन् । जागिर छाडेर व्यवसाय शुरु गरेका शेर्पा अहिले जिल्लाकै सफल चीज उद्योगी बनेका छन् ।

आफूले संस्थानमा सिकेको सीप र लगनशिलताका कारण आफूलाई मात्र होइन उद्योगमा दूध बेच्ने किसानलाई पनि फाइदा पुगेको छ । शेर्पा भन्छन्, ‘किसानलाई सरकारी उद्योगले भन्दाबढी मूल्य दिएर दूध किनिरहेको छु ।’ उनी किसानलाई दूधको मूल्यसँगै पशुपालनबारे प्राविधिक ज्ञान समेत दिएको बताउँछन् । उद्योगमा उत्पादन भएको चीजर घिउ अहिले देशका विभिन्न ठाउँसँगै विदेशसम्म पुग्ने गर्छ ।

दूध उत्पादन बढाउनेदेखि गुणस्तरीय चीज उत्पादन, बजार विस्तार, उद्योगप्रति किसान आकर्षित गर्न निकै पसिना नबगाई सफल बन्न नसकिने शेर्पाको अनुभव छ । २०३० सालदेखि ०३२ सालसम्म चीज बनाउन सिक्दा साढे ४ महिना फिलिपिन्समा दुग्ध उत्पादन सम्बन्धी तालिम लिने अवसर पाएको कारण पनि व्यवसाय सञ्चालनमा टेवा पुगेको हो । उनले शुरुमा डेरी सञ्चालन गर्दा न चिजको बजारनै थियो न त दूधको मूल्यनै र पनि उनले जोखिम मोलेर व्यवसाय शुरु गरे ।

आफूले उत्पादन गरेको चीजको बजार प्रबद्र्धनका लागि नेपाल डेरी उद्योगले सहयोग गरेको उनको भनाई छ । विक्रीका लागि उसले सहयोग गरेपछि शेर्पाको उद्योग फस्टाउन थाल्यो । त्यस बेलासम्ममा उद्योगमा करिब ८ लाख रुपैयाँ लगानी भइसकेको थियो । ‘चीजको माग बढेकाले मात्रै उद्योग फस्टाउने आस थियो’, उनले भने, ‘बर्खामा चीज बिग्रिने, उत्पादनका गुणस्तर कायम गर्न गाह«ो हुने गर्दथ्यो ।’ विगतमा भन्दा अहिले चीजको बजार पनि राम्रै भएका कारणप हिले जस्तो समस्या भएको छैन । लकडाउनको समयमा विदेशी पर्यटक नेपाल आउन नपाएको कारण चिज विक्रि रोकिएको थियो तर अहिले विक्रिमा समस्या नभएको उद्योगका सञ्चालक शेर्पा बताउँछन् ।

शुरु शुरुमा दैनिक दुई हजारदेखि पच्चिस सय लिटर दूध डेरीमा आउने गरेपनि यतिबेला साडे आठ सय लिटरमात्र दूध आउने गरेको छ । उनले दुधको गुणस्तर नापेर पैसा दिने गरेको बताउँछन् । उनको डेरीमा ल्याउने किसानलाई लिटरको ३५ देखी ४५ रुपैयाँसम्म दिने गरेको शेर्पाको भनाई छ । उनी भन्छन्, ‘व्यवसाय सञ्चालन गर्दा किसानलाई खुसी बनाउन सक्यो भने व्यवसाय सञ्चालन जोखिममा पर्देन ।’

यतिबेला दूध उत्पादनमा कम भएसँगै डेरीमा पनि कम आउन थालेको छ । लकडाउनको समयमा विक्रिमा समस्या हुने भएपछि उद्योग सञ्चालन गरेनन् । उद्योग सञ्चालन नभएको समयमा शेर्पा उद्योगमा आउने १२ वटा सहकारीको दूध डिडिसि मार्फत विराटनगर गएको थियो । लकडाउन केहि खुकुलो हुने बित्तिकै पुन डेरी सञ्चालनमा आयो । व्यवसाय सञ्चालनको शुरुमा जोखिम मोलेर उद्योग गरेपनि डेरीमा दूध भेला हुन थालेपछि उद्योग स्थापित गर्न सजिलो भएको शेर्पा बताउँछन् ।

व्यवसाय सञ्चालनका क्रममा उन्नति परियोजनाको सहयोगबाट उद्योगमा अहिले चीज लामो समयसम्म भण्डारण गर्न, लामो समयसम्म चीजको गुणस्तर कायम राख्न सहयोग पुगेको उनले बताए । ‘कोल्ड स्टोर नहुँदा बर्खामा बनाएको चीज टिकाउन साह«ै मुस्किल थियो, सयौं किलो चीज हुस्सुले कुहिएर फ्याँक्नु समेत परेको थियो, तर कोल्डस्टोर बनाएपछि धेरै फाइदा पुगेको छ’, शेर्पाले भने, ‘अब हिउँद–बर्खा कहिल्यै चीज बिग्रिने छैन ।’

खास ८ देखि १२ डिग्री सेल्सियस तापक्रममा चीज राख्नुपर्ने भएपनि कोल्डस्टोरमा ८ देखि १५ डिग्रीमा चीज राख्दा ६ महिनासम्म नबिग्रने उनले बताए । परियोजनाको सहयोगमा तयार पारेको सकपिटले डेरीबाट दूध प्रशोधन पछि उत्पादन भएको पानी व्यवस्थापन गर्न सजिलो भएको छ । यसरी निस्केको पानीको व्यवस्थापन नहुँदा डेरी वरपर फोहोर हुने, गन्हाउने, झिँगा भन्किने गथ्र्याे । तर, अहिले सकपिट भएपछि त्यस्तो पानी ड्रममा हालेर स्थानीय बंगुरपालक किसानलाई बेच्ने गरेको शेर्पाको भनाई छ । दैनिक निस्किने यो पानी राख्न १० हजार लिटर क्षमताको सकपिट राखिएको छ । कोल्डस्टोरको भुइँमा टायल बिछ्याएपछि भुइँको चिसो कम भएको, चीज सफा राख्न, माटो, सिमेन्टबाट चीजलाई बचाउन सहयोग पुगेको छ । शेर्पाले पशु तथा कृषि विकासको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत् शेर्पाले पशु सेवा विभागबाट उत्कृष्ट दुग्ध व्यवसायी पुरस्कार–२०७४ पनि प्राप्त गरेका छन् ।

(Visited 180 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

साताका लोकप्रिय समाचार

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

लमजुङ । राजधानीकर्मी नवराज पहाडीसहित साहित्यिक स्रष्टालाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’

काठमाडाैं । सरकारको शिफारिसमा राष्ट्रपतिद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। विज्ञप्ती...

ट्रेन्डिङ

कोभिड–१९ को एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन

काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा...

रोल्पाका बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएकोछ :सामाजिक विकास मन्त्री बराल

बुटवल ।सामाजिक विकास मन्त्रालय र रोल्पा जिल्लाका स्थानीय तहहरूसँग बालश्रम न्यूनीकरण तथा सञ्चालित परियोजनाहरूको सिकाई आदानप्रदान कार्यक्रम प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री...

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर मूल्य उच्च भएका दुई कम्पनी राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको...

जातीय विभेदविरुद्ध प्रकाश सपूतको नयाँ गीत

काठमाडौं । गायक प्रकाश सपूतले आफ्नो नयाँ गीतमा छुवाछूत र अन्य नाममा मानिसबीच हुने विभेदविरुद्ध आवाज उठाएका छन् । उनले शुक्रबार रिलिज गरेको ‘मान्छे...

ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ ।...

मल्ल गोलरक्षक प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका पूर्वगोलरक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । प्राविधिक समितिले...

संक्रमित कैदी आइसोलेसनबाट फरार

स्याङ्जा । कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका एक कैदी आइसोलेसनबाटै फरार भएका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको...

कालीगण्डकीमा युवक मृत फेला

गलकोट । बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत...

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभरी दुई करोड नाघे

नयाँदिल्ली । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४...

बझाङको छविसपाथिभेरामा आगलागी

बझाङ । विद्युत सर्ट भएर छविसपाथीभेरा गाँउपालिका वडा–१ मा आगलागि भएको छ । सोमवार राति सुगालाका रमेश गिरीको घरबाट आगलागी सुरु भएको हो ।...

मनाङमा स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल

मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि...

कक्षा १० को एसइई परीक्षा राष्ट्रिय कि प्रदेशस्तरबाट ?

काठमाडौँ । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)