इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु

इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी २ पीपलचौकमा भएको मोटरसाइकल दुर्घटनामा बाबु छोराकै मृत्यु भएको हो ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–०४४ प १२५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा इटहरी ८ बस्ने वर्ष ५० को नुरजंग मल्ल र मोटरसाइकलमा सवार उनका बुवा बर्ष ८२ को कुबेर बहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट उनीहरु दुवैजना गम्भीर घाइते भई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका