आर्मीको फराकिलो जित

काठमाडौं । फरवार्ड रश्मि घिसिङले ह्याट्रिकसहित चार गोल गरेपछि विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को फराकिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीको फराकिलो जितमा शर्मिला थापाले दुई तथा भुजुंगा राई र अन्जली वाइबाले एक गोल थपिन् । एक गोल उपहार पाएको थियो । आर्मीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा ६ गोल थपेको थियो । पहिलो राउन्डमा १२–० को फराकिलो जित निकालेको आर्मीले शनिबार चौदन्डीगढीविरुद्ध चार भारतीय खेलाडीलाई मैदानमा उतार्दा सुधारिएको खेल पस्के पनि जित निकाल्न असहज भएन । आर्मीले १९औं मिनेटमा रश्मि घिसिङको गोलबाट खेलमा अग्रता लिएको थियो । गोलरक्षक अन्जना राना मगरको प्रहारमा शर्मिला थापाले मिलाइदिएको पासमा घिसिङले एक्लै बल अघि बढाउदै गोलरक्षक दीपशिखा विश्वकर्मालाई बिट गर्दै गोल गर्न सफल भएकी थिइन् । २३औं मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् ।

उनले रश्मि घिसिङको पासमा सहजै फिनिस गरिन् । ३९औं मिनेटमा शर्मिला थापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्मीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । ५२औं मिनेटमा रश्मि घिसिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्मीलाई ४–० ले अघि बढाइन् । ६०औं मिनेटमा रश्मि घिसिङले ह्याट्रिक पूरा गर्दै आर्मीलाई सहज जिततर्फ अग्रसर गराइन् । ६३औं मिनेटमा रश्मि घिसिङले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गर्दै आर्मीलाई ६–० ले अघि बढाइन् । ७८औं मिनेटमा सब्सिच्युट भुजुंगा राईले फ्रिकिकमा सिधै गोल गर्दै आर्मीलाई ७–० ले अघि बढाइन् । ८८औं मिनेटमा अन्जली वाइबाले गोल गर्दै आर्मीलाई ८–० को फराकिलो अग्रता दिलाइन् । ९०औं मिनेटमा एइमित लेप्चाले आत्मघाती गोल गरेपछि आर्मीले ९–० को फराकिलो जित दर्ता गर्न सफल भयो ।

यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ७ खेलबाट १६ अंक पुगेको छ । शीर्षस्थानमा रहेको अपराजित एपीएफको १८ अंक छ । पराजित चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन । लिगमा आइतबार दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा विराटनगर र चन्द्रपुर तथा पुलिस दोस्रो खेलमा पुलिस र वालिङबीच प्रतिस्पर्धा हुनेछ ।

जितपछि आर्मीका प्रशिक्षक राजु तामाङले सुरुवातमै गोल गर्न हतारिदा केही तालमेल नमिलेको जस्तो देखिए पनि गोल निस्किएपछि सहज भएको बताए । उनले अघिल्लो खेलको तुलनामा चौदन्डीगढीले रक्षापक्ति बलियो बनाउदा गोल निस्कन केही गाह्रो भएको बताए ।

चौदन्डीगढीका प्रशिक्षक दीपक थापाले आर्मीविरुद्ध हार बेहोरे पनि टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले चार भारतीय खेलाडी मैदान उतार्दा केही तालमेल नमिलेजस्तो देखिए पनि बाँकी खेलमा राम्रो गर्न सकिने उनीहरूले राम्रो गर्न सकिने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी